National life

मितेरी सहकारी ठगीका दुई अभियुक्त भण्डारी र खत्री पुर्पक्षका लागि कारागार चलान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ भदौ २०८२, बिहिबार
1.2kShares
मितेरी सहकारी ठगीका दुई अभियुक्त भण्डारी र खत्री पुर्पक्षका लागि कारागार चलान
ncell

काठमाडौँ । ललितपुरको मितेरी सहकारी ठगीका दुई अभियुक्त ज्योतिबहादुर भण्डारी र सुवास खत्री पुर्पक्षका लागि कारागार चलान भएका छन्।

अर्का प्रतिवादी सुरेश अधिकारी भने ७ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। अधिकारीले आज ७ लाख रुपैयाँ धरौटी दाखिला गरेपछि रिहा गरिएको जिल्ला अदालत ललितपुरले जानकारी दिएको छ ।

ललितपुरको महालक्ष्मीस्थानको मितेरी सहकारी ठगीमा ८ जनाविरुद्ध मुद्दा दर्ता भए पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन जनालाई मात्रै पक्राउ गरेर अनुसन्धान गरेको थियो। 

Royal Enfield
nic asia capital
उनीहरू विरुद्ध ठगी, लिखत कीर्ते, अभौतिक मुद्रा, नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर र सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ।

यो कसुरमा मुख्य भूमिका ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीको देखिएको छ। गुरुङ हाल फरार छिन्। भण्डारीलाई प्रहरीले कम्बोडियाबाट पक्राउ गरेर ल्याएको छ। उनीहरूले मितेरी सहकारीको १४ करोड २९ लाख २४ हजार ७५४ रुपैयाँ अपचलन गरेको आरोप छ।

फरार रहनेमा कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्व पत्नी स्याङ्जाकी ४७ वर्षकी ज्योति गुरुङ, स्याङ्जाकै ८१ वर्षका कुम्भराज गुरुङ, खोटाङका ४९ वर्षीय विजयकुमार राई, बागलुङका ३५ वर्षीय प्रदीप भन्ने प्रितम अधिकारी र सिन्धुपाल्चोकका ३३  वर्षका अर्जुन अराम छन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?