काठमाण्डौ। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको नाफामा ३६२.५२ प्रतिशतको उछाल आएको छ ।
सार्वजनिक प्रतिवेदन अनुसार यस अवधिमा कम्पनीले १० करोड ५ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ।
त्यस्तै, चौथो त्रैमाससम्म कम्पनीको आम्दानी ८.३४ प्रतिशतले घटेको छ। भने १५ करोड ९३ लाख आम्दानी गरेको छ। कम्पनीले लगानी बिक्रीबापत ८ करोड १२ लाख आम्दानी गरेका कारण नाफामा सुधार आएको हो। यस्तै कम्पनीले १ करोड ६१ लाख रुपैयाँ बराबरको अन्य आम्दानी गरेको छ ।
साथै, कम्पनीको कुल खर्च अघिल्लो आवमा १५ करोड ४२ लाख रहेकोमा घटेर १३ करोड १९ लाखमा सीमित बनेको छ। ७० करोड चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ८० करोड ९७ लाख र कुल चालु दायित्व ३६ करोड ३४ लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी९ईपीएस० बढेको छ । ईपीएस बढेर १४.३६ रुपैयाँ पुगेको छ। अघिल्लो आवमा ईपीएस ३.११ रुपैयाँ थियो । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ पनि ९३.८० रुपैयाँबाट बढेर १०९.०३ रुपैयाँ पुगेको छ।































