National life

सर्वाधिक खुद नाफा आर्जन गर्ने नेपालकै पहिलो विकास बैंक बन्यो मुक्तिनाथ, नाफामा ३०.७० % को वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० साउन २०८२, शुक्रबार
1.1kShares
सर्वाधिक खुद नाफा आर्जन गर्ने नेपालकै पहिलो विकास बैंक बन्यो मुक्तिनाथ, नाफामा ३०.७० % को वृद्धि
ncell

काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा साढे १ अर्ब माथि मुनाफा आर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा १ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा ३०.७० प्रतिशत नाफा बढाउँदै १ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सोसँगै नेपालको विकास बैंकको इतिहासमा मुक्तिनाथ विकास बैंकले नयाँ रेकर्ड कामय गरेको छ ।

Royal Enfield
nic asia capital
बैंक सर्वाधिक खुद नाफा आर्जन गर्ने नेपालकै पहिलो विकास बैंक भएको हो ।

असार मसान्तसम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.५० प्रतिशतले बढेर ४ अर्ब ५५ करोठ ७२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको उक्त आम्दानी ४ अर्ब २३ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, बैंकको खराब कर्जा बढेको छ । यसअवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४६ करोड २५ लाख रुपैयाँ रहेको छ। बैंकको प्रस्तुत वित्तीय प्रतिवेदन अनुसार लगानीकर्तालाई बैंकले २०.७५ प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको उल्लेख छ । बैंकको चुक्तापूँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ र जगेडा कोष सञ्चिति २० करोड ५ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २१.८२ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६९.९५ रुपैयाँ रहेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?