काठमाडौँ । मुक्तिनाथ विकास बैंकले बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियानअन्तर्गत विभिन्न ठाउँमा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले कास्कीको पोखरा – ३३ स्थित सरसस्वती टिका स्कूल र कैलालीको धनगडी – ४ स्थित सिसिएस कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रमहरुमा स्कूल र कलेजका विद्यार्थी तथा शिक्षकहरूको सहभागीता रहेको बैंकले जनाएको छ ।
त्यस्तै बैंकले ललितपुरको इमाडोल – १ स्थित स्टार फुडल्याण्ड नजिकको परिसरमार सुर्खेतको विरेन्दनगर – ११ स्थित देउती बजै मन्दिर नजिक परिसरमा पनि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
ती कार्यक्रमहरूमा बैंकिङ सेवा सुविधा, डिजिटल बैंकिङ प्रविधि , बचत खाता लगायत बैंकिङ क्षेत्रका विविध आयाम बारे जानकारी गराइएको थियो । यस अभियानबाट स्थानीय तहमै वित्तीय सुविधाबारे चेतना तथा पहुँच पुर्याउने उद्दश्य बैंकले लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्क मा आवद्ध अन्यजुनसुकै बैंकको एटीएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी, प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ आदि जस्ता सेवा बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।































