National life

“मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा: असोज ३१ गते बुक क्लोज ”

max lubricant tata
Aarthik voice
Aarthik voice
० वर्ष अगाडि|१२ असोज २०८२, आइतबार
1.1kShares
“मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा: असोज ३१ गते बुक क्लोज ”
ncell

काठमाण्डौ। मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट १८.२० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। यस लाभांश पाउन इच्छुक लगानीकर्ताले असोज ३१ भित्र बैंकको सेयर किनिसक्नु पर्नेछ।

बैंकले आफ्नो १९औं वार्षिक साधारणसभा कात्तिक १५ मा बोलाएको छ।

Royal Enfield
nic asia capital
साधारणसभामा सहभागी हुन र लाभांश पाउन बुक क्लोज मिति असोज ३१ तोकिएको छ। यस अनुसार, असोज ३१ भित्र सेयर किनिसकेकाले मात्र लाभांश पाउने र सेयरधनीको हैसियतले सभा सहभागी हुने सुविधा प्राप्त हुनेछ।

लाभांश वितरण 

१३.५३ प्रतिशत बोनस सेयर, र

४.६७ प्रतिशत नगद लाभांश (करसहित)

कुल लाभांश १८.२० प्रतिशत ।

साधारणसभामा पेश हुने अन्य अजेन्डा

आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश पारित गर्ने।

नाफा–नोक्सान विवरण, वित्तीय प्रतिवेदन, र नगद प्रवाह प्रतिवेदनसहित लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्ने।

आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने।

यस निर्णयले बैंकका लगानीकर्तालाई नाफा वितरणको अवसर मात्र होइन, साधारणसभामा सहभागी भएर बैंकको भविष्यगत योजनामा आफ्नो मत राख्ने अवसर पनि सुनिश्चित गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?