National life

मुद्दति निक्षेपमा पौने ३ अर्ब लगानी गर्दै राष्ट्र बैंक, असोज १० सम्म ब्याजदर आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ असोज २०८२, बुधबार
544Shares
मुद्दति निक्षेपमा पौने ३ अर्ब लगानी गर्दै राष्ट्र बैंक, असोज १० सम्म ब्याजदर आह्वान
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा करिब पौने ३ अर्ब रुपैयाँ मुद्दति निक्षेप लगानी गर्ने भएको छ। राष्ट्र बैंकका विभिन्न कोषमा संकलित २ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ निक्षेपका रूपमा लगानी गर्न लागिएको हो।

यसका लागि असोज १० गते राति १२ बजेसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीलाई ब्याजदर प्रस्ताव गर्न आह्वान गरिएको छ। कुल रकममध्ये २ अर्ब १७ करोड ४९ लाख रुपैयाँ वाणिज्य बैंकमा, ४० करोड ७७ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र १३ करोड ५९ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गरिनेछ।

Royal Enfield
nic asia capital

यो निक्षेप सन् २०२५ अक्टोबर १४ देखि २०२६ अक्टोबर १४ सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।प्रतिस्पर्धात्मक ब्याजदरमार्फत् निक्षेप वितरण हुने भएकाले आवश्यक मापदण्ड पूरा गरेका संस्थामात्र सहभागी हुन पाउनेछन्। राष्ट्र बैंकका अनुसार, सञ्चालनमा आएको २ वर्ष पूरा भएको, न्यूनतम पुँजीकोष कायम भएको र निष्क्रिय कर्जा अनुपात ५ प्रतिशतभन्दा कम रहेका बैंक तथा वित्तीय संस्थाले मात्र बोलकबोलमा भाग लिन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
544SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?