National life

मुद्दती निक्षेपमा राष्ट्र बैंकको लगानी 'वाणिज्य बैंकलाई सबैभन्दा बढी हिस्सा'

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२४ कात्तिक २०८२, सोमबार
1.3kShares
मुद्दती निक्षेपमा राष्ट्र बैंकको लगानी 'वाणिज्य बैंकलाई सबैभन्दा बढी हिस्सा'
ncell

काठमाडौं । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ७० करोड रुपैयाँ एक वर्षको लागि मुद्दती निक्षेपमा राख्ने निर्णय गरेको छ। यसका लागि बैंक तथा वित्तीय संस्थालाई प्रस्ताव पेश गर्न सूचना जारी गरिएको छ।

राष्ट्र बैंकले रकमको वितरण यसरी तय गरेको छ: वाणिज्य बैंकमा २ अर्ब ९६ करोड रुपैयाँ, विकास बैंकमा ५५ करोड ५० लाख रुपैयाँ र फाइनान्स कम्पनीमा १८ करोड ५० लाख रुपैयाँ राख्ने योजना बनाएको हो। इच्छुक बैंक तथा वित्तीय संस्थाले कात्तिक २६ गते (बुधबार) सम्म आफ्नो ब्याजदरसहितको प्रस्ताव राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ।

Royal Enfield
nic asia capital

राष्ट्र बैंकले प्रस्ताव पेश गर्ने संस्थाका लागि केही तोकेका मापदण्ड पनि निर्धारण गरेको छ। ती मापदण्ड अनुसार संस्था कम्तीमा २ वर्ष सञ्चालनमा रहेको हुनुपर्ने, न्यूनतम पुँजी कोष अनुपात कायम रहेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा ३ प्रतिशत भन्दा बढी नहोस्, र कर्जा–निक्षेप (CD) अनुपात तोकिएको सीमाभित्र रहेको हुनुपर्नेछ।

यस्ता मापदण्ड पूरा गर्ने बैंक तथा वित्तीय संस्था मात्र राष्ट्र बैंकको पैसा मुद्दती निक्षेपमा राख्न आवेदन दिन योग्य हुनेछन्।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?