National life

मोबाइल बैंकिङ र क्युआरको चमक : नगद साटिँदै डिजिटल कारोबारमा ६ खर्बभन्दा बढी

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२९ असोज २०८२, बुधबार
1.1kShares
मोबाइल बैंकिङ र क्युआरको चमक : नगद साटिँदै डिजिटल कारोबारमा ६ खर्बभन्दा बढी
ncell

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना साउन र भदौमा डिजिटल भुक्तानी प्रणालीको प्रयोग उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार डेबिट कार्ड, मोबाइल बैंकिङ र क्युआर कोडमार्फत गरिएको कारोबारको कुल रकम ६ खर्ब ५७ अर्ब ७० करोड रुपैयाँ पुगेको छ।

तथ्यांकअनुसार डेबिट कार्डमार्फत १ करोड ८ लाख कारोबार हुँदै ८७ अर्ब ३२ करोड रुपैयाँ भुक्तानी भएको छ। त्यस्तै, मोबाइल बैंकिङ प्रयोगकर्ताले ६ करोड २५ लाख कारोबारमार्फत ४ खर्ब ६८ अर्ब १५ करोड रुपैयाँको कारोबार गरेका छन्।

Royal Enfield
nic asia capital
क्युआर कोड भुक्तानीमार्फत ४ करोड १० लाख कारोबार गर्दै १ खर्ब १ अर्ब २३ करोड रुपैयाँ बराबरको रकम कारोबार भएको छ।

विशेषज्ञहरूका अनुसार, डिजिटल भुक्तानी प्रणालीको तीव्र वृद्धिले नगद प्रयोग घटाउने, वित्तीय कारोबारमा पारदर्शिता ल्याउने र आर्थिक गतिविधि थप सहज बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?