National life
cg eloctronics

मोबाइल व्यवसायी महासंघको महाधिवेशन जेठ १–२ मा, नयाँ नेतृत्व चयन हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|३१ वैशाख २०८३, बिहिबार
1.5kShares
मोबाइल व्यवसायी महासंघको महाधिवेशन जेठ १–२ मा, नयाँ नेतृत्व चयन हुँदै
ncell

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले आफ्नो तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं साधारणसभा आगामी जेठ १ र २ गते काठमाडौंमा आयोजना गर्ने घोषणा गरेको छ। महासंघले बिहीबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमको औपचारिक जानकारी दिएको हो।

महाधिवेशनमार्फत आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिनेछ। महासंघका अध्यक्ष भरत भट्टराई का अनुसार देशभरबाट करिब १५ सय प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ। उनले कार्यक्रम राष्ट्रिय सभा गृह मा आयोजना गरिने बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

महासचिव सन्तोष घिमिरे ले महासंघले हालसम्म ७ प्रदेश र ७० जिल्लामा आफ्नो सञ्जाल विस्तार गरिसकेको जानकारी दिए। उनका अनुसार देशभर २७ हजारभन्दा बढी सदस्य महासंघमा आबद्ध छन्।

महाधिवेशनबाट ५५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिनेछ। विधानअनुसार अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव (तीन खुला र एक महिला) तथा सहकोषाध्यक्षलगायत पदाधिकारी निर्वाचित हुने व्यवस्था रहेको छ।

यसका साथै, प्रत्येक प्रदेशबाट दुई जनाका दरले १४ केन्द्रीय सदस्य, संस्थापक संस्थाबाट १४ प्रतिनिधि, बागमती प्रदेशबाट थप पाँच जना तथा अध्यक्षद्वारा समावेशी आधारमा मनोनीत पाँच सदस्य रहने व्यवस्था पनि गरिएको छ।

कार्यक्रमअन्तर्गत जेठ १ गते ह्वाइट पार्टी प्यालेस मा बन्दसत्र बिहान ९ बजेबाट सुरु हुनेछ भने जेठ २ गते बिहान ९ बजे राष्ट्रिय सभा गृह मा महाधिवेशनको औपचारिक उद्घाटन गरिनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?