National life

मौद्रिक नीति समीक्षा : संस्थागत निक्षेपमा पनि अब व्यक्तिगत सरह ब्याजदर

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१५ मंसिर २०८२, सोमबार
495Shares
मौद्रिक नीति समीक्षा : संस्थागत निक्षेपमा पनि अब व्यक्तिगत सरह ब्याजदर
ncell

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूले अब संस्थागत मुद्दती निक्षेपमा पनि व्यक्तिगत मुद्दती निक्षेप सरह ब्याजदर प्रदान गर्न सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले आज सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत यो व्यवस्था लागू हुने स्पष्ट पारेको हो।

यसअघिको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले संस्थागत निक्षेपकर्तालाई व्यक्तिगत निक्षेपकर्ताको भन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम ब्याजदर दिनुपर्ने बाध्यता थियो। मौद्रिक नीति समीक्षाले भने अब उक्त नियम खारेज गरिने घोषणा गर्दै दुवै प्रकारका निक्षेपकर्तालाई समान ब्याजदरको व्यवस्था गर्न सकिने मार्ग खुला गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मौद्रिक नीति समीक्षामा भनिएको छ, “बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तिमा १ प्रतिशत बिन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिनेछ।”

राष्ट्र बैंकको यो निर्णयले बैंकिङ क्षेत्रको प्रतिस्पर्धात्मकता बढाउनुका साथै संस्थागत निक्षेपकर्ता आकर्षित हुने अपेक्षा राखिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
495SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?