National life

यस्तो छ मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२५ पुस २०८२, शुक्रबार
944Shares
यस्तो छ मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ सहित)
ncell

काठमाडौं। नेपालमा विदेशी मुद्रा सञ्चिति उल्लेखनीय रूपमा बढ्दै ३२ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनासम्मको तथ्याङ्कअनुसार मंसिर मसान्तमा कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको अन्त्य असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको सञ्चिति पाँच महिनामै १९.६ प्रतिशतले बढेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग २८ खर्ब ६६ अर्ब ४७ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति कायम रहेको छ भने बैंक तथा वित्तीय संस्थासँग ३ खर्ब ३५ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

गत असार मसान्तमा राष्ट्र बैंकसँग २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति थियो। पाँच महिनाको अवधिमा राष्ट्र बैंकको विदेशी मुद्रा सञ्चिति १८.७ प्रतिशतले वृद्धि भएको छ भने बैंक तथा वित्तीय संस्थामा रहेको सञ्चिति २७.४ प्रतिशतले बढेको छ।

राष्ट्र बैंकका अनुसार २०८२ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत रहेको छ।अमेरिकी डलरका आधारमा पनि विदेशी मुद्रा सञ्चिति उल्लेखनीय रूपमा बढेको छ। राष्ट्र बैंकका अनुसार मंसिर मसान्तमा विदेशी मुद्रा सञ्चिति अमेरिकी डलरमा १३.५ प्रतिशतले वृद्धि भई २२ अर्ब १३ करोड पुगेको छ। गत असार मसान्तमा विदेशी मुद्रा सञ्चिति १९ अर्ब ५० करोड अमेरिकी डलर रहेको थियो।

विदेशी मुद्रा सञ्चिति सुदृढ हुँदै जाँदा यसको अर्थतन्त्रसँगको अनुपात पनि मजबुत बनेको देखिन्छ। मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपात ५२.४ प्रतिशत पुगेको छ। यस्तै, कुल आयातसँगको अनुपात १५१.९ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ३९.४ प्रतिशत कायम भएको छ।

nic asia capital
गत असार मसान्तमा यी अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए।

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2026/01/Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Five-Month-data-of-2082.83-1.pdf" title="Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Five-Month-data-of-2082.83 (1)"]

यो समाचार शेयर गर्नुहोस्
944SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?