National life

यस वर्षको दसैँमा ५६ अर्ब नयाँ सुकिला नोट बाहिरियो, साना नोटको माग बढ्दो

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२७ असोज २०८२, सोमबार
1.1kShares
यस वर्षको दसैँमा ५६ अर्ब नयाँ सुकिला नोट बाहिरियो, साना नोटको माग बढ्दो
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकबाट यस वर्षको दसैँमा करिब ५६ अर्ब रुपैयाँ बराबरका नयाँ तथा सुकिला नोट बजारमा परिचालन भएको छ। राष्ट्र बैंकले दसैँका लागि भदौ २९ देखि असोज १० गतेसम्म नयाँ नोट वितरण गरेको थियो।

राष्ट्र बैंकका अनुसार उक्त अवधिमा केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरूबाट सिधै सर्वसाधारणलाई ५ देखि १०० रुपैयाँसम्मका नोट डेढ अर्ब रुपैयाँ बराबर सटही गरिएको थियो। यस्तै, बैंक तथा वित्तीय संस्थामार्फत करिब साढे ४ अर्ब रुपैयाँ सटही भएको छ।

Royal Enfield
nic asia capital

यसरी राष्ट्र बैंक र वित्तीय संस्थाबाट गरेर जम्मा ६ अर्ब रुपैयाँ बराबरका सुकिला नोट सर्वसाधारणको हातमा पुगेका छन्।

सोही अवधिमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई करिब ५० अर्ब रुपैयाँ बराबरका नोट उपलब्ध गराएको थियो।

सिधा सटही, वित्तीय संस्थामार्फत वितरण र बैंकहरूले लिएको रकम जोड्दा दसैँ अवधिमा मात्रै कुल ५६ अर्ब रुपैयाँ बजारमा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ।

चलनचल्तीको मुद्रा ८ खर्ब नाघ्यो

नयाँ नोटसहित बजारमा चलनचल्तीमा रहेको कुल मुद्रा अहिले ८ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। यसअघि करिब साढे ७ खर्ब रुपैयाँ बराबरको मुद्रा चलनमा रहेकोमा दसैँ अवधिमा झन्डै ५० अर्ब रुपैयाँले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

नयाँ नोट सटही परम्परा

राष्ट्र बैंकले हरेक वर्ष दसैँ, तिहार र छठजस्ता चाडपर्वमा नयाँ नोट सटहीको विशेष व्यवस्था गर्दै आएको छ। सामान्य अवस्थामा पनि माग अनुसार नयाँ नोट वितरण भइरहने गरेको छ। गत वर्षहरूमा चाडपर्वका समयमा ६० देखि ९० अर्ब रुपैयाँसम्मका नयाँ नोट बजारमा परिचालन हुने गरेकोमा, यो वर्ष त्यसको तुलनामा कुल परिमाण घटेको राष्ट्र बैंकले जनाएको छ।

साना नोटको बढी माग

सर्वसाधारणले प्रायः सय रुपैयाँभन्दा साना दरका नोटहरू साट्ने गरेका छन् भने बैंक तथा वित्तीय संस्थाले ५ सय र १ हजार रुपैयाँ दरका नोटहरू बढी प्रयोग गर्ने गरेको राष्ट्र बैंकले बताएको छ। साथै, चाडपर्वका समयमा सिक्का, चाँदीका स्मारक सिक्का, सुनका असर्फी र विशेष सिक्काको बिक्री पनि उच्च मात्रामा हुने गरेको उल्लेख छ।

नोट छपाइ र वितरणको नीति

नेपालमा नोट छपाइ, वितरण र व्यवस्थापनको जिम्मेवारी नेपाल राष्ट्र बैंकको हो। बैंकले देशको आर्थिक अवस्था, बजारको माग र आर्थिक क्रियाकलापको परिमाणका आधारमा नोट छपाइ र वितरणको परिमाण निर्धारण गर्छ। छापिएका सबै नोट तत्काल बजारमा पठाउन पाइदैन आवश्यकताअनुसार मात्र बैंक तथा वित्तीय संस्थामार्फत वितरण गरिन्छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?