National life

रकम हिनामिना गरी फरार सहकारी अध्यक्ष पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ पुस २०८०, सोमबार
514Shares
रकम हिनामिना गरी फरार सहकारी अध्यक्ष पक्राउ
ncell

काठमाडौँ । रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँको तीनकुनेमा केन्द्रीय कार्यालय रहेको सहकारीको रकम हिनामिना गरेको आरोपमा फरार रहेका डोटी घर भएका ३१ वर्षीय हर्कबहादुर कठायत रहेका छन् । उनीसँगै सहकारीको सदस्य रहेका विनोद कुमार ओझा पनि पक्राउ परेका छन् । ३५ वर्षीय ओझा भने काभ्रे निवासी हुन् ।

Royal Enfield
nic asia capital

जोरपाटी र भक्तपुर जिल्ला भित्रका सहकारीका शाखा कार्यालयहरूका सञ्चालक समितिका सदस्यहरूले निक्षेपकर्ताहरुलाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई ठगी गरेको आरोप छ । निक्षेप कर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिकरत्रैमासिकरवार्षिक रूपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरूले जम्मा गरेको रकम पटक-पटक ताकेता गर्दा पनि फिर्ता नदिएको केन्द्रीय अनुसन्धान ब्यूरोको भनाई छ ।

आफ्नो निक्षेप जोखिममा रहेको ठानेर सम्बन्धित संस्थाका कर्मचारी तथा पदाधिकारीहरूलाई लामो समयदेखि ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराइदिने तर्फ आवश्यक पहल नगरी उनीहरूले संस्था नै बन्द गरेका थिए । ब्यूरोका अनुसार बचतकर्ताहरूको हालसम्म प्राप्त जाहेरी अनुसार १२ करोड ३५ लाख ४८ हजार २ सय २ रुपैयाँ बयानब्बे पैसा बचत रकम अपचलन तथा हिनामिना भएको छ । कठायत र ओझालाई पुस १८ गते पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

 

यो समाचार शेयर गर्नुहोस्
514SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?