काठमाडौं । राजधानीका विभिन्न ठाउँबाट सहकारी पिडितहरुले प्रदर्शन गर्ने भएका छन्। उनीहरुले विभिन्न पाँच ठाउँबाट आफ्ना प्रदर्शन सुरु गर्ने छन् भने भृकुटीमण्डपमा कोणसभा सम्पन्न हुने भएको छ ।
कालिमाटी, गोंगबु , शंखपार्क, सिफल चौर र जावलाखेल गरी पाँच ठाउँबाट प्रदर्शन हुनेछ। उनीहरुले आफ्ना माग पूरा नभएमा सहकारी विभागमा निरन्तार धर्ना लिने लगायतका कार्यक्रम तय गरेका छन् । उनीहरुले लामो समयदेखि आश्वासन पाए पनि त्यसबाट कुनै पनि प्रतिफल हात नपरेको भन्दै आन्दोलनको बाटो रोज्नु आफ्नो बाध्यता रहेको बताएका छन् ।

































