National life

राष्ट्रिय वाणिज्य बैंकले ३ अर्बको ऋणपत्र निष्काशन, कुमारी क्यापिटल बिक्री प्रबन्धक नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२० कात्तिक २०८२, बिहिबार
1.2kShares
राष्ट्रिय वाणिज्य बैंकले ३ अर्बको ऋणपत्र निष्काशन, कुमारी क्यापिटल बिक्री प्रबन्धक नियुक्त
ncell

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले ‘छ प्रतिशत राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्र (२०८९)’को धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

बैंकले रु १,००० दरले ३० लाख कित्ता बराबरको धितोपत्र निष्काशन गर्ने योजना बनाएको छ, जसको कुल मूल्य रु ३ अर्ब हुनेछ। आज राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा यस सम्बन्धमा सम्झौता सम्पन्न भएको छ।

सम्झौतामा बैंकको तर्फबाट प्रधान कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र कुमारी क्यापिटलको तर्फबाट प्रधान कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् ।

Royal Enfield
nic asia capital

सम्झौता अनुसार, जारी हुने रु ३ अर्ब बराबरको ऋणपत्रको ६० प्रतिशत (१८ लाख कित्ता) संस्थागत र व्यक्तिगत लगानीकर्ताका लागि, र ४० प्रतिशत (१२ लाख कित्ता) सर्वसाधारणका लागि निष्काशन गरिनेछ।

यस अनुसार संस्थागत र व्यक्तिगत लगानीकर्ताबाट रु १ अर्ब ८० करोड र सर्वसाधारणबाट रु १ अर्ब २० करोड संकलन हुने बैंकले जनाएको छ । बैंकले यस ऋणपत्रको माध्यमबाट लगानीकर्तालाई आकर्षक प्रतिशतमा व्याज लाभ उपलब्ध गराउने लक्ष्य राखेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?