National life

राष्ट्र बैंकको निर्देशनपछि उपत्यकामा बैंकिङ सेवा आंशिक रुपमा सञ्चालन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ भदौ २०८२, बिहिबार
1KShares
राष्ट्र बैंकको निर्देशनपछि उपत्यकामा बैंकिङ सेवा आंशिक रुपमा सञ्चालन
ncell

काठमाडौं । काठमाडौं उपत्यकामा आंशिक रुपमा बैंक तथा वित्तीय संस्थाले सेवा सुरु गरेका छन्। नेपाल राष्ट्र बैंकले अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा निरन्तरता दिन आग्रह गरेपछि सीमित कर्मचारीमार्फत सेवाको सञ्चालन सुरु गरिएको हो।

राष्ट्र बैंकले सम्पूर्ण इजाजतप्राप्त वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणाली सञ्चालन गर्ने संस्थालाई व्यावसायिक निरन्तरता दिन निर्देशन दिएको छ। सोही अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना संवेदनशील प्रणाली सीमित जनशक्ति प्रयोग गरी सञ्चालन गरिरहेका छन्।

Royal Enfield
nic asia capital

सुरक्षाका कारण अधिकांश शाखा कार्यालय र एटिएम सेवा बन्द रहँदा सेवाग्राही प्रभावित भएका छन्। यद्यपि, डिजिटल भुक्तानी र आवश्यक वित्तीय कारोबारलाई न्यूनतम अवरोधका साथ सञ्चालन गर्ने प्रयास भइरहेको राष्ट्र बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?