National life

राष्ट्र बैंकको प्रतिवेदन: मुद्रास्फीति नियन्त्रण, उत्पादन र पर्यटन वृद्धिले आर्थिक वृद्धि बलियो

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१८ पुस २०८२, शुक्रबार
996Shares
राष्ट्र बैंकको प्रतिवेदन: मुद्रास्फीति नियन्त्रण, उत्पादन र पर्यटन वृद्धिले आर्थिक वृद्धि बलियो
ncell

काठमाडौं । नेपालको आर्थिक गतिविधि चालु आर्थिक वर्ष २०८२/८३ मा औसतभन्दा बढी हुने देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन’ अनुसार, गत वर्षको तुलनामा यस वर्ष मुलुकको आर्थिक क्रियाकलापमा वृद्धि हुँदै आर्थिक वृद्धिदर सकारात्मक रहने अनुमान गरिएको छ।

राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ कि मुद्रास्फीति नियन्त्रणमा, इन्धन र खाद्यवस्तुमा मूल्य गिरावट, ब्याजदरमा कमी, जलविद्युत् उत्पादनमा वृद्धि, पर्यटन र निर्यातमा सुधार, साथै निर्माण र उत्पादनमूलक उद्योगमा विस्तार हुँदा आर्थिक वृद्धि औसतभन्दा बढी रहने देखिन्छ।

चालु आवमा आर्थिक क्रियाकलाप अघिल्लो वर्षको तुलनामा सकारात्मक हुने राष्ट्र बैंकको अनुमान छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकका अनुसार, पर्याप्त तरलता, सरकारले सुशासन प्रवद्र्धन गर्दै पुनर्निर्माण परियोजनामा प्राथमिकता, साना आयोजना स्थगन र बजेट प्राथमिकिकरण जस्ता कदमले अर्थतन्त्रमा गति थप्ने छन्।

राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमान अनुसार, गत आव २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ४.६% र प्रचलित मूल्यमा ४% कायम भएको छ। कूल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.२%, १२.८% र ६२% रहेको छ।

प्रदेशगत विवरण अनुसार, बागमती प्रदेशले कूल उत्पादनको ३६.५%, कोशी प्रदेश १५.९% र कर्णाली प्रदेश सबैभन्दा कम ४.२% योगदान गरेको छ। कृषि उत्पादनमा गत आव प्रमुख बाली ३.७% वृद्धि भए पनि त्यसले ढाकेको भूक्षेत्र २.२% घटेको छ। तरकारी उत्पादन १०.१%, मसला उत्पादन ०.७% बढ्दा, फलफूल उत्पादन ३.३% घटेको छ।

nic asia capital
पशुजन्य उत्पादनमा दूध १%, मासु ०.३%, अण्डा १% वृद्धि भएको छ। वनजन्य उत्पादनमा काठ ८.८२%, दाउरा ४.७४% वृद्धि भए पनि औषधिजन्य उत्पादन १.९१% घटेको छ।

त्यस्तै, उद्योग क्षेत्रमा गत आव औसत क्षमता उपयोग ४४.५% रहेको छ, जुन अघिल्लो आवको ४८.३% भन्दा कम हो। बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको औद्योगिक क्षेत्र कर्जा कुल कर्जाको ३०.४२% रहेको छ। पर्यटन क्षेत्रमा पनि सुधार देखिएको छ; गत आवमा नेपाल भ्रमण गर्ने पर्यटक १.७% बढ्दै ११ लाख ४७ हजार ८३४ पुगेका छन्। तर, घर/भवन नक्शा पास संख्या १.२% र घरजग्गा रजिस्ट्री राजस्व १८.६% घटेको छ।

बैंक तथा वित्तीय संस्थाको कूल निक्षेपमा १२.५% र कर्जा प्रवाहमा ८.२% वृद्धि भएको छ। यसअनुसार, औसत कर्जा–निक्षेप अनुपात ७६.६% कायम भएको छ। बागमती प्रदेश कूल निक्षेपमा ६५.८% र कूल कर्जामा ५९.५% अंश राख्दै सबैभन्दा उच्च योगदान दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
996SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?