National life

राष्ट्र बैंकको हस्तक्षेप नभए निक्षेपको ब्याजदर १ प्रतिशतसम्म झर्न सक्छ : गभर्नर पौडेल

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२८ कात्तिक २०८२, शुक्रबार
500Shares
राष्ट्र बैंकको हस्तक्षेप नभए निक्षेपको ब्याजदर १ प्रतिशतसम्म झर्न सक्छ : गभर्नर पौडेल
ncell

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले बजारमा राष्ट्र बैंकको नियन्त्रण र हस्तक्षेप नहुने हो भने निक्षेपको ब्याजदर १ प्रतिशतसम्म झर्न सक्ने बताएका छन्। शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघको वार्षिक साधारणसभामा बोल्दै उनले हाल निक्षेपको ब्याजदर २.७५ प्रतिशतभन्दा कम नभएको राष्ट्र बैंकको नीतिगत व्यवस्थाका कारण भएको दाबी गरे।

गभर्नर पौडेलले तरलता व्यवस्थापनमा राष्ट्र बैंकको भूमिका महत्वपुर्ण रहेको बताएका छन्। उनले बैंक तथा वित्तीय संस्थाहरूलाई स्थायी तरलता सुविधा मार्फत ठूलो मात्रामा तरलता उपलब्ध गराइएको जानकारी दिए।

Royal Enfield
nic asia capital
अहिले सम्म करिब ८.५ खर्ब रुपैयाँ बराबरको SLF प्रदान भइसकेको र यसको प्रयोग १० खर्ब रुपैयाँसम्म पुग्ने अनुमान गरिएको उनले बताए। यस सुविधाका कारण राष्ट्र बैंकले वार्षिक रूपमा करिब २७ अर्ब रुपैयाँ खर्च गर्दै आएको स्पष्ट पार्दै उनले यसलाई आवश्यक कदम भएको उनको धारणा छ ।

तरलता समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न ऋण लगानी हुने वातावरण निर्माण गर्नुपर्नेमा गभर्नर पौडेलले जोड दिए। यसका लागि राष्ट्र बैंकले केही नीतिगत विषयमा अध्ययन गरिरहेको समेत उनले जानकारी दिए। अन्त्यमा, उनले बैंकिङ क्षेत्रमा लागू भइरहेको कालोसूची (Blacklisting) र कर्जा नोक्सानी (Loan Loss Provision) सम्बन्धी नियमहरूको पुनरावलोकन हुने संकेत गरे।

यो समाचार शेयर गर्नुहोस्
500SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?