National life

राष्ट्र बैंकद्धारा चार प्रकारका सिक्का वितरण, एक व्यक्तिले एक थान मात्र किन्न पाउने 

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२८ असोज २०८२, मङ्गलबार
1.1kShares
राष्ट्र बैंकद्धारा चार प्रकारका सिक्का वितरण, एक व्यक्तिले एक थान मात्र किन्न पाउने 
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहारको सँघारमा सीमित परिमाणमा चाँदीका स्मारक सिक्का (मेडालियन) बिक्री सुरु गरेको छ।

राष्ट्र बैंकले नागरिकमा राष्ट्रिय प्रतीकप्रतिको आकर्षण बढाउने र संग्राहक संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यसहित चार प्रकारका सिक्का उपलब्ध गराएको जनाएको छ।

राष्ट्र बैंकका अनुसार सबै सिक्का १० ग्राम तौलका छन् र प्रत्येकको खुद्रा मूल्य रु ३,००० तोकिएको छ। केन्द्रीय बैंकले एकै व्यक्तिले एक मात्र सिक्का किन्न पाउने व्यवस्था गरेको छ।

Royal Enfield
nic asia capital
यसले सीमित परिमाणमा निष्पक्ष वितरण सुनिश्चित गर्ने बताइएको छ।

सिक्का खरिदका लागि नागरिकता प्रमाणित फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको वैध परिचयपत्र (राहदानी) मतदाता परिचयपत्र, सवारी चालक अनुमति पत्र आदि) अनिवार्य छ। बिक्री राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट मात्र सञ्चालन हुने छ।

स्मारक सिक्कामा नेपालका राष्ट्रिय चिन्ह, सांस्कृतिक प्रतीक र ऐतिहासिक विषयवस्तुहरू अंकित छन्। राष्ट्र बैंकले जारी गरेका यस्ता सिक्का केवल स्मरणीय अवसरका लागि मात्र नभई दीर्घकालीन लगानी र संग्राहक मूल्यको दृष्टिले पनि महत्त्वपूर्ण रहेको बताएको छ।

पछिल्ला वर्षहरूमा राष्ट्र बैंकले विशेष अवसरहरूमा स्मारक सिक्का जारी गर्दै आएको थियो। समयसँगै तिनको बजार मूल्य बढ्ने प्रवृत्ति रहँदै आएको छ। यस पटक पनि राजधानीसहित देशभर नागरिकहरूमा सिक्का किन्न उत्साह देखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?