National life

राष्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्थाका लागि २० अर्बको ऋणपत्र आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२३ पुस २०८२, बुधबार
932Shares
राष्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्थाका लागि २० अर्बको ऋणपत्र आह्वान
ncell

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज अर्थात् पुस २३ गते पुनः २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ। केन्द्रीय बैंकले एक वर्ष अवधिको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ङ’ को बोलकबोलमार्फत निष्कासन गरेको हो।

राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ भने यसको साँवा भुक्तानी २०८३ पुस २३ गते हुनेछ। ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने व्यवस्था गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म, ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्।

आह्वान गरिएको ऋणपत्रको रकम बाँडफाँट गर्दा बोलकबोलमा प्रस्तावित ब्याजदरलाई सानोदेखि ठूलो क्रममा क्रमबद्ध गरिनेछ। आह्वान रकम वा समितिले निर्धारण गरेको बाँडफाँट रकमसम्म कायम हुने ब्याजदरलाई एकल ब्याजदर मानिनेछ। सोही एकल ब्याजदरमा उक्त दर तथा सोभन्दा कम ब्याजदरमा बोलकबोल गर्ने संस्थाहरूलाई नेपाल राष्ट्र बैंक ऋणपत्र बिक्री गरिने केन्द्रीय बैंकले जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
932SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?