काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूको ‘लङ फर्म अडिट रिपोर्ट’ निर्देशिका संशोधन गरेको छ। हाल सञ्चालनमा रहेका बैंकहरूलाई परिपत्र जारी गर्दै एकीकृत निर्देशन संशोधनमार्फत लङ फर्म अडिट रिपोर्टको संरचना परिमार्जन गरेको हो।
संशोधित निर्देशिका अनुसार, बैंकहरूले लेखापरीक्षण प्रतिवेदनको ढाँचा नै परिवर्तन गर्नुपर्ने छ। अबदेखि बैंकहरुले तयार पार्दै आएको रिर्पोट भन्दा फरक ढाँचामा, अर्थात राष्ट्र बैंकको निर्देशिका अनुसार प्रतिवेदन तयार पार्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।
त्यस्तै, नयाँ निर्देशिकामा बैंकहरूले आईटी तथा साइबर सुरक्षासम्बन्धी जोखिमबारे समेत आफ्नो लेखापरीक्षण प्रतिवेदनमा राय दिनुपर्ने प्रावधान समावेश गरिएको छ।































