National life

राष्ट्र बैंकद्वारा दोस्रो चरणमा २५ अर्ब रुपैयाँको बन्ड निष्कासन

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१६ पुस २०८२, बुधबार
845Shares
राष्ट्र बैंकद्वारा दोस्रो चरणमा २५ अर्ब रुपैयाँको बन्ड निष्कासन
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार २५ अर्ब रुपैयाँ बराबरको ‘राष्ट्र बैंक बन्ड’ निष्कासन गरेको छ। केन्द्रीय बैंकले वित्तीय प्रणालीको अत्यधिक तरलतालाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न बन्डको प्रयोग बढाएको हो।

यसअघि सोमबार पहिलो चरणमा २५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक बन्ड’ निष्कासन गरिएको थियो भने, बुधबार दोस्रो चरणमा थप २५ अर्बको बन्ड निष्कासन गरिएको छ।

एक वर्षमा परिपक्व हुने उक्त बन्डमा लगानी गर्ने बैंक र वित्तीय संस्थाले अर्धवार्षिक रूपमा ब्याज भुक्तानी पाउनेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८२ क’ नामको ऋणपत्रमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले लगानी गर्न सक्नेछन्। ब्याजदर बोलकबोल माध्यबाट निर्धारण हुनेछ।

सोमबार जारी बन्डको कुपन रेट २.६४ प्रतिशत कायम गरिएको थियो। न्यूनतम ५ करोड र अधिकतम ५ करोड रुपैयाँका इकाइमा आवेदन दिन सकिने यस ऋणपत्र बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा पनि प्रयोग गर्न सकिने छ।

ऋणपत्रको स्वीकृत बोल रकम सम्बन्धित बैंक वा वित्तीय संस्थाको लगानी पोर्टफोलियोमा राखिने हुँदा यसलाई नगद मौज्दातको रूपमा गणना गर्न सकिँदैन। तर, राष्ट्र बैंकको निर्देशनअनुसार वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न सकिने जनाएको छ।

यदि ऋणपत्र निष्कासन मितिमा काउन्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभए, त्यसको स्वीकृत बोल रकम रद्द हुनेछ र २.५० प्रतिशत हर्जाना सहित आगामी ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोर अन्तर्गत बोलकबोलमा सहभागी हुन नपाइने नियम लागू हुनेछ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
845SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?