National life

राष्ट्र बैंकले उपदान-पेन्सन कोषमा रहेको ३ अर्ब बढी लगानी गर्ने, ब्याजदर प्रस्ताव माग

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०२ मंसिर २०८२, मङ्गलबार
1.1kShares
राष्ट्र बैंकले उपदान-पेन्सन कोषमा रहेको ३ अर्ब बढी लगानी गर्ने, ब्याजदर प्रस्ताव माग
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ५३ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ।

कुल लगानीका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गरी मंगलबार साँझ ७ बजेभित्र आवेदन पेस गर्न केन्द्रीय बैंकले जनाएको छ।

राष्ट्र बैंकले उक्त रकम एक वर्षका लागि लगानी गर्ने भएको छ। बैंकले जारी गरेको सूचनाअनुसार वाणिज्य बैंकका लागि २ अर्ब ८२ करोड ४० लाख, विकास बैंकका लागि ५२ करोड ९५ लाख र वित्त कम्पनीका लागि १७ करोड ६५ लाख रुपैयाँ छुट्याइएको छ।

Royal Enfield
nic asia capital

लगानीका लागि योग्य हुन बैंक तथा वित्तीय संस्थाले कम्तीमा दुई वर्ष सञ्चालनमा आएको, न्यूनतम पूँजीकोष अनुपात पूरा गरेको, कुल कर्जा सापटी अनुपात ८ प्रतिशत ननाघेको तथा खुद निष्क्रिय कर्जा दर ३ प्रतिशतभित्र रहेको प्रमाणित गर्नुपर्ने सूचनामा भनिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?