National life

राष्ट्र बैंकले उपदान–पेन्सन कोषको ३ अर्ब ३० करोड रकम मुद्दती निक्षेपमा लगानी गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२७ असोज २०८२, सोमबार
989Shares
राष्ट्र बैंकले उपदान–पेन्सन कोषको ३ अर्ब ३० करोड रकम मुद्दती निक्षेपमा लगानी गर्ने
ncell

काठमाडौँ – नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको सवा तीन अर्ब रुपैयाँभन्दा बढी रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने निर्णय गरेको छ।

बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ३० करोड रुपैयाँ २०२५ अक्टोबर ३० देखि २०२६ अक्टोबर ३० सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको छ। लगानी रकम त्रैमासिक रूपमा ब्याज भुक्तानी हुने व्यवस्था पनि गरिएको छ।

लगानीको वितरण यस्तो छ

‘क’ वर्गका वाणिज्य बैंकमा दुई अर्ब ६४ करोड रुपैयाँ

‘ख’ वर्गका विकास बैंकमा ४९ करोड ५० लाख रुपैयाँ

‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १६ करोड ५० लाख रुपैयाँ

राष्ट्र बैंकका अनुसार मुद्दती निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले तलका सर्तहरू पूरा गर्नुपर्नेछ:

न्यूनतम पुँजी कोष अनुपात कायम रहनु पर्ने, निष्क्रिय कर्जा कमसल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हुनुपर्ने,सिडी रेसियो अनुपात राष्ट्र बैंकले तोकेको सीमा भित्र रहनुपर्ने , अर्जी दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले सिलबन्दी फारम भरी असोज २९ गते राती ७ बजेसम्म आवेदन दिनुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
989SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?