National life

राष्ट्र बैंकले पेन्सन कोषको ४ अर्ब ३५ करोड मुद्दतिमा लगानी गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२२ मंसिर २०८२, सोमबार
625Shares
राष्ट्र बैंकले पेन्सन कोषको ४ अर्ब ३५ करोड मुद्दतिमा लगानी गर्ने
ncell

काठमाडौं। नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा सञ्चित रकमलाई व्यवस्थित रूपमा उपयोग गर्दै बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दति निक्षेपका रूपमा लगानी गर्ने निर्णय गरेको छ।

केन्द्रिय बैंकले पेन्सन कोषमा रहेको जम्मा ४ अर्ब ३५ करोड रुपैयाँ मुद्दति निक्षेपमा राख्ने तयारी गर्दै सो हेतु बैंक तथा वित्तीय संस्थाहरूबाट ब्याजदर प्रस्ताव माग गरेको छ, जसका लागि मंसिर २३ गते राति ७ बजेसम्म समय तोकिएको छ। प्रस्ताव संकलनपछि प्रतिस्पर्धात्मक आधारमा छनोट गरी उक्त रकम वाणिज्य बैंकहरूमा ३ अर्ब ४८ करोड, राष्ट्रियस्तरका विकास बैंकहरूमा ६५ करोड २५ लाख, र राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा २१ करोड ७५ लाख रुपैयाँ बराबरका दरले लगानी गरिने जनाइएको छ।

राष्ट्र बैंकले यो निक्षेप सन् २०२५ डिसेम्बर १४ देखि २०२६ डिसेम्बर १४ सम्म ३६६ दिनका लागि लगानी गरिने स्पष्ट पार्दै, निक्षेप लिन इच्छुक संस्थाहरूले अनिवार्य रूपमा कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको, विज्ञप्तिमा तोकिएको न्यूनतम पूँजीकोष कायम गरेको, तथा नियमनकारी सूचकांकहरू पूर्ण रूपमा पूरा गरेको हुनुपर्ने शर्त राखेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विशेषत,सहभागी बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा (NPL) कुल कर्जाको ५ प्रतिशतभन्दा कम, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको २० प्रतिशतभन्दा बढी, र कर्जा, निक्षेप तथा प्राथमिक पूँजी अनुपात केन्द्रीय बैंकले निर्धारण गरेको मापदण्डभित्र रहेकामा मात्र निक्षेप राखिनेछ।

राष्ट्र बैंकका अनुसार पेन्सन तथा उपदान कोषमा थन्किएको रकमलाई सुरक्षित तर प्रभावकारी ढङ्गले परिचालन गर्दा कोषको प्रतिफल वृद्धि हुनुका साथै बैंकिङ प्रणालीको समग्र तरलता तथा स्थिरता व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
625SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?