National life

राष्ट्र बैंकले संशोधन गर्‍यो सीएसआर मार्गदर्शन : जेनजी घाइते र शहीद परिवारका लागि नयाँ प्रावधान

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२९ असोज २०८२, बुधबार
1.1kShares
राष्ट्र बैंकले संशोधन गर्‍यो सीएसआर मार्गदर्शन : जेनजी घाइते र शहीद परिवारका लागि नयाँ प्रावधान
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) सम्बन्धी मार्गदर्शन संशोधन गरेको छ।

बैंक तथा वित्तीय संस्था नियमन विभागले मंगलबार एक सर्कुलर जारी गर्दै सीएसआरसम्बन्धी विद्यमान मार्गदर्शनमा दुई नयाँ बुँदा थप गरिएको जानकारी दिएको हो। राष्ट्र बैंकका अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो नाफाको १ प्रतिशत रकम सीएसआरका रूपमा खर्च गर्न पाउने प्रावधान यथावत रहनेछ। तर, यसअन्तर्गत खर्च गर्न सकिने क्षेत्र र सीमामा नयाँ प्रावधानहरू समावेश गरिएको छ।

Royal Enfield
nic asia capital

पहिलो, जेनजी आन्दोलनमा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरीब तथा विपन्न वर्गका नागरिकका औषधि उपचारमा लाग्ने खर्चलाई सीएसआर अन्तर्गत समावेश गर्न सकिनेछ। यो खर्च सीधा लाभार्थीलाई नभई सरकारी अस्पताललाई उपलब्ध गराइने छ।

दोस्रो, जेनजी आन्दोलनका शहीद परिवारका सदस्य, विशेषगरी आय आर्जनका अवसरविहीन व्यक्तिहरूका आय आर्जन क्षमता अभिवृद्धि गर्न सीपमूलक तालिम प्रदान गर्ने कार्यमा सहयोग गर्ने खर्च पनि सीएसआर अन्तर्गत देखाउन पाइनेछ।

राष्ट्र बैंकका अनुसार, त्यस्ता तालिमहरू नेपाल सरकार वा नेपाल सरकारबाट स्वीकृति प्राप्त सीपमूलक तालिम संस्थामार्फत सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ। विश्लेषकहरूको भनाइमा, राष्ट्र बैंकको यो कदमले सामाजिक उत्तरदायित्वलाई अधिक लक्ष्यित र प्रभावकारी बनाउन सहयोग गर्नेछ, साथै सीएसआर खर्चलाई समाजका संवेदनशील वर्गतर्फ निर्देशित गर्ने नीति स्पष्ट गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?