National life

राष्ट्र बैंकले १ हजारको नयाँ नोट छाप्न चिनियाँ कम्पनीलाई ठेक्का

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१२ मंसिर २०८२, शुक्रबार
395Shares
राष्ट्र बैंकले १ हजारको नयाँ नोट छाप्न चिनियाँ कम्पनीलाई ठेक्का
ncell

काठमाडौं। नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरको नयाँ नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ।

जारी सूचना अनुसार, चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई १ हजार दरका ४३ करोड थान नयाँ नोट डिजाइन, छपाइ र आपूर्ति गर्ने जिम्मेवारी प्रदान गरिएको छ।

राष्ट्र बैंकले नोट छाप्ने ठेक्का लगाउन गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो। प्राप्त प्रस्तावमध्ये सबैभन्दा कम मूल्य प्रस्ताव गरेको कम्पनीलाई छनोट गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ठेक्का अनुसार, मुद्रण तथा आपूर्ति खर्चका लागि राष्ट्र बैंकले कुल १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलर (हालको विनिमय दर अनुसार करिब २ अर्ब ४२ करोड ६७ लाख रूपैयाँ) भुक्तानी गर्ने सहमति भएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
395SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?