National life

राष्ट्र बैंक ल्यायो सेयर बजार मैत्री नीति: सेयरधितो कर्जाको सीमा सम्बन्धी व्यवस्था खारेज

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२२ असोज २०८२, बुधबार
1KShares
राष्ट्र बैंक ल्यायो  सेयर बजार मैत्री नीति: सेयरधितो कर्जाको सीमा सम्बन्धी व्यवस्था खारेज
ncell

काठमाडौं । राष्ट्र बैंकले व्यक्तियत सेयर धितो कर्जाको २५ करोडको सिमा परिमार्जन गरेको छ । अब व्यक्तिले बैंक तथा वित्तिय संस्थाबाट अनलिमिटेड ऋण लिन सक्नेछन् ।

यसैगरी बैंक तथा वित्तिय संस्थाले सेयर खरिद गरेर बिक्री गर्न पाउने १ वर्षको लक इन पिरियड पनि हटाएको छ । अब बैंक तथा वित्तिय संस्थाले सेयर खरिद गरेर ६ महिनाभित्रै बिक्री गर्न पाउने व्यवस्था गरेको छ ।

Royal Enfield
nic asia capital
त्यसमा पनि २० प्रतिशतको सिमा हटाएको छ ।

यसअघि राष्ट्र बैंकले संस्थागत लगानीकर्ताका लागि १२ करोड र व्यक्तिगत लगानीकर्ताका लागि ४ करोडको सिमा राखेको थियो । यसलाई संशोधन गर्दै राष्ट्र बैंकले दुबै सिमा हटाएको छ ।

बैंक तथा वित्तिय संस्थाले सेयर बजारमा लगानी गर्न पाउने र बिक्री गर्न १ वर्ष कुर्नुपर्ने व्यवस्था परिमार्जन गर्न लगानीकर्ताहरुले लामो सकयदेखि माग गर्दै आएका थिए  । राष्ट्र बैंकले सो मागलाई संबोधन गर्दै ६ महिनामा घटाएको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?