काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा नेपालमा रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च स्तरमा पुगेको छ। नेपाल राष्ट्र बैंकले आज प्रकाशन गरेको प्रतिवेदन अनुसार यस वर्ष १७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी विप्रेषण भित्रिएको छ ।
यो रेमिट्यान्स आप्रवाह अघिल्लो वर्षको तुलनामा १९.२५ ले वृद्धि हो।
त्यस्तै, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ५ लाख नाघेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ३३ हजार पुगेको छ। त्यस्तै, गत आर्थिक वर्ष २०८१र८२ मा शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्यांक अनुसार सो आवमा ५०२ अर्ब ४९ करोडले बचतमा थियो। मुलुकबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रने रकम बढी हुँदा शोधनान्तर बचत निरन्तर बचतमा रहेको हो ।
साथै, यस अवधिमा पर्यटकबाट हुने आय समेत वृद्धि भएको छ। रेमिट्यान्स आप्रवाहले कीर्तिमान राखेको छ। अमेरिकी डलरमा ४ अर्ब ३७ करोडले शोधनान्तर स्थिति बचतमा छ। अघिल्लो वर्ष ३ अर्ब ७७ करोडले बचतमा थियो। यस वर्ष चालु खाता ४ अर्ब ९ अर्ब २० करोडले बचतमा रहेको छ।अघिल्लो वर्ष चालु खाता २ खर्ब २१ अर्ब ७१ करोडले बचतमा थियो ।
अमेरिकी डलरमा ३ अर्ब १ करोडले चालु खाता बचतमा छ । अघिल्लो वर्ष १ अर्ब ६७ करोडले बचतमा थियो । यस वर्ष खुद पूँजीगत ट्रान्सफर ९ अर्ब ८४ करोड रहेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ५ अर्ब ८१ करोड थियो । यस वर्ष प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब २ करोड भित्रिएको छ।































