काठमाडौं । सहकारीहरु समस्याग्रस्त बन्ने क्रम चलिनै रहेको छ । सहकारी पनि अर्थतन्त्रको एक खम्बा भएका कारण अर्थतन्त्र नसुध्रिदा सम्म यो क्रम चलिनै रहने सहकारी विभागका उप रजिष्टार तथा सुचना अधिकारी टोलराज उपाध्यायले बताए ।
हाल विभागले समस्याग्रस्त घोषणा गरेका १६ वटा सहकारी रहेका छन् । पहिलेको तुलनामा उजुरी आउनेको संख्यामा केही कमी आएको उपाध्यायको भनाई छ ।
सुचना अधिकारी उपाध्यायका अनुसार केही सञ्चालक तथा व्यवस्थापले सहकारीको सम्पुर्ण स्वामित्व आफुले लिएर घरजग्गा किनबेच तथा शेयर मार्केटमा लगानी गर्ने गरेको पाइएको र समयमै बिक्री नहुँने अवस्था आएपछि सहकारी डुबेको अवस्था छ।
सहकारीका शेयर सदस्यहरुले चनाखो भएर ध्यान नदिदा पनि यस्तो अवस्था आएको भन्दै सञ्चालकले लगानी गर्दा र बचतकर्ताले बचत गर्दा ध्यान दिनुपर्ने उनले बताए ।
विभागले उजुरी आएका सहकारीका पिडित र सञ्चालक बोलाई छलफल गराउने तथा प्रकृती हेरी सिआइबी र प्रहरीकोमा पठाउने तथा समस्याग्रस्त घोषणा गर्दै आएको छ ।


































