काठमाडौँ । लक्ष्मी सनराईज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेका तीनवटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८१ ८२ का लागि लाभांश घोषणा गरेका छन् ।
लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित खुलामुखी योजना शुभलक्ष्मी कोष तथा लक्ष्मी भ्यालु फण्ड–२ र सनराईज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराईज ब्लुचिप फण्ड योजनाले आर्थिक वर्ष २०८१र८२ का लागि इकाईधनीले पाउने प्रतिफल घोषणा गरेका हुन् ।
क्यापिटलको साउन १२ गते बसेको सञ्चालक समितिको १५४ औं बैठकले आर्थिक वर्ष २०८१र८२ का लागि शुभलक्ष्मी कोषको करसहित १६ प्रतिशत, लक्ष्मीभ्यालु फण्ड–२ को करसहित १५ प्रतिशत र सनराईज ब्लुचिप फण्डको करसहित १९ प्रतिशत प्रतिफल वितरणको निर्णय गरेको हो ।
शुभलक्ष्मी कोषको लागि मिति २०८२र०४र१२ गते दर्ता किताबमा कायम इकाईधनीहरु मात्र योग्य हुने क्यापिटलले जनाएको छ ।
यस्तै, लक्ष्मीभ्यालु फण्ड–२ र सनराईज ब्लुचिप फण्ड योजनाको लागि अर्को सूचना प्रकाशित गरी दर्ता किताव बन्दबारेको सूचना प्रकाशित हुने बताइएको छ ।
शुभलक्ष्मी कोष योजनामा लाभांश पुनःलगानी योजनामा दर्ता भएका इकाईधनीहरुको प्राप्त प्रतिफल बरावरको इकाई (कर तथा निर्धारित डिपि शुल्कपछिको प्रतिफल रकम बराबरले हुन आउने रकम समायोजित खुद सम्पत्ति मूल्यमा पुनः लगानी गरी) सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा सोझै जम्मा गरिने बताइएको छ ।
साथै, लाभांश पुनःलगानी योजनामा सहभागी नहुने इकाईधनीहरुको हकमा प्रतिफल रकम हितग्राही खातामा उल्लेखित बैंक खातामा सोझै जम्मा गरिने पनि क्यापिटलले जनाएको छ ।


































