काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम आज पनि रोकिएको छैन। अघिल्लो कारोबार दिन ठूलो गिरावट देखिएको सुनको भाउ आइतबार पनि उल्लेखनीय रूपमा तल झरेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १८ हजार ८ सय रुपैयाँले घट्दै ३ लाख रुपैयाँमा झरेको छ। यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो, सो दिन मात्रै सुनको मूल्य २० हजार ५ सय रुपैयाँले घटेको थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि तीव्र गिरावट देखिएको छ। शुक्रबार प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ५६५ रुपैयाँले घट्दै प्रतितोला उल्लेखनीय रूपमा सस्तो भएको छ। चाँदीको मूल्य आइतबार घटेर ५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।






































