काठमाडौं। ललितपुर महानगरपालिका–१४, टुटेपानीस्थित कुमारी बैंकको एटीएम तोडफोड गर्ने प्रयास गरेको आरोपमा दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुर सुनाकोठीका १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोकका १८ वर्षीय सुनिल विक रहेका छन्। उनीहरूलाई प्रहरी वृत्त सातदोबाटोको टोलीले बुधबार राति सवा ११ बजेतिर घटना स्थलबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।
प्रहरीका अनुसार, युवाहरूले एटीएम तोडफोड गरेपछि भाग्ने क्रममा पक्राउ परेका हुन्।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ ।


































