काठमाडौँ । तारा गाउँ रिजेन्सी होटल्सलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तीन दिने स्पष्टीकरण माग गरेको छ ।
आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको होटल्सले २४ घण्टा भित्र सो निर्णयको जानकारी नपठाएको भन्दै नेप्सेले स्पष्टीकरण सोधेको हो ।
कम्पनीले गत वर्षको नाफाबाट ४ प्रतिशत बोनश सेयर र ११ प्रतिशत नगद लाभांश सहित १५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । तर, नेप्सेमा अर्को दिन अर्थात् मिति मङ्सिर १७ गते आइतबार बेलुका ५ः१५ बजे मात्र सो जानकारी गराएको नेप्सेको भनाई छ ।
धितो पत्र सूचीकरण वि नियमावली, २०७५ को विनियम २२९१० मा भएको व्यवस्था बमोजिम धितो पत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत सङ्गठित संस्थाले नेप्सेमा पेस गर्नुपर्ने छ भन्ने व्यवस्था रहेको छ ।
उक्त विनियममा भएको व्यवस्था पालना नगरेकोले उक्त विनियमावलीको विनियम १६९१० (ख) मा भएको व्यवस्था अनुरुप मिति २०८०/०८ र १८ को निर्णयअनुसार त्यस कम्पनीको धितो पत्रको कारोबार स्थगन गरिएको साथै यो पत्र प्राप्त भएको मितिले ३ (तीन) कार्य दिन भित्र के कति कारणबाट समयमानै जानकारी दिन नसकेको हो? सो सम्बन्धमा स्पष्टीकरण पेस गर्न निर्देशानसार अनुरोध छ’ नेप्सेले सोधेको स्पष्टीकरणमा उल्लेख गरिएको छ ।







































