काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले २५औं वार्षिक साधारणसभा बोलाएको छ। बैंकले बिहीबार जारी गरेको सूचनाअनुसार आगामी पुस १४ गते सोमबार, काठमाडौं–कमलपोखरीस्थित अग्रवाल भवनमा साधारणसभा सञ्चालन गरिनेछ।
साधारणसभामा बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश सम्बन्धी निर्णय अनुमोदन गरिने कार्यसूची रहेको छ। बैंकले चालु आर्थिक वर्षका लागि चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव अघि सारेको छ।
यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.५३ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पनि साधारणसभामा पेश गरिने बैंकले जनाएको छ।






































