National life

लामिछाने र जोशीको मुद्दामा आज हुने सुनुवाइ स्थगित, अर्को पेसी तोक्ने तयारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०४ मंसिर २०८२, बिहिबार
740Shares
लामिछाने र जोशीको मुद्दामा आज हुने सुनुवाइ स्थगित, अर्को पेसी तोक्ने तयारी
ncell

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले दर्ता गरेको निवेदनमाथिको आजको सुनुवाइ स्थगित भएको छ। लामिछानेले बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिर बसेर मुद्दा बहस गर्ने अनुमति मागेका थिए ।

बुटवल उच्च अदालतमा तोकिएको पेसी पाटन उच्च अदालतमा पनि लामिछानेको मुद्दा परेको कारण उनी पक्षका कानुन व्यवसायीले समय मिलाउन नसक्ने भन्दै स्थगन अनुरोध गरेका थिए। उक्त निवेदन स्वीकृत भएसँगै आजको सुनुवाइ सारिएको अदालत स्रोतले जानकारी दिएको छ ।

Royal Enfield
nic asia capital

लामिछाने र सह–अभियुक्त छविलाल जोशी बुटवलको सुप्रिम सहकारी संस्थासम्बन्धी ठगी तथा संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। दुवैको निवेदनमा आज सुनुवाइ हुने तय भएको थियो। तर, लामिछानेका कानुनी प्रतिनिधिले पेशी मितिमा समायोजन कठिन भएको भन्दै स्थगन माग गरेपछि प्रक्रिया रोकिएको अदालतले जनाएको छ।

यसअघि कात्तिक २७ गते न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतमा रहेको मूल अभियोग मिसिल झिकाउन आदेश दिएको थियो। मूल फाइल नआएपछि कात्तिक २० को इजलासले पनि सुरु मिसिल माग्न निर्देशन दिएको थियो।

सर्वोच्चबाट सक्कल मिसिल नआए पनि जिल्ला अदालतबाट प्रतिलिपि आएपछि आजको पेसी राखिएको थियो। अदालतले यसअघि नै लामिछाने र जोशीको मुद्दा एउटै प्रकृतिको भएकाले एकैसाथ सुनुवाइ गर्न आदेश दिइसकेको छ। बिगोबमोजिम रकम बुझाई थुनाबाहिर प्रक्रियामा सहभागी हुन माग गरिएको लामिछानेको निवेदनमा उच्च अदालतले जोशीसम्बन्धी फाइल पनि पेस गर्न भनेको थियो।

सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो तोकिएको छ। चार भागमा बाँडिएको बिगोमध्ये आफूलाई पर्ने २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतका रूपमा बुझाएको दाबी गर्दै लामिछानेले जिल्ला अदालतले थुनामुक्त नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए। जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते थुनामुक्ति माग अस्वीकार गरेको थियो। हाल उच्च अदालतले मुद्दालाई प्राथमिकतासाथ अगाडि बढाइरहेको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
740SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?