काठमाडौँ । हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमा एक वर्षको अवधिमा ७ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी निक्षेप थपिएको छ।
एक वर्षको अवधिमा बैंकहरूको कुल निक्षेप ६४ खर्ब ४३ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ पुगेको हो। यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा १३.७३ प्रतिशतले बढी हो ।
त्यस्तै समीक्षा अवधिमा निक्षेपको आधारमा शीर्ष स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ। बैंकको कुल निक्षेप १२.९६ प्रतिशतले वृद्धि भई ५ खर्ब ५० अर्ब ६२ करोड ८४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो बैंकको निक्षेप ४ खर्ब ८७ अर्ब ४५ करोड रुपैयाँ थियो।
दोस्रो स्थानमा रहेको नबिल बैंक बैंकको निक्षेप १३.५३ प्रतिशतले बढेर ५ खर्ब २४ अर्ब ६२ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यो रकम ४ खर्ब ६२ अर्ब ९ करोड रुपैयाँ थियो ।
त्यस्तै निक्षेपको आधारमा तेस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकको निक्षेप १६.६० प्रतिशतले बढेर ५ खर्ब ४१ करोड ४६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निक्षेप १७.०९ प्रतिशतले बढेर ४ खर्ब ७२ अर्ब ३४ करोड ७४ लाख पुगेको छ।
एक वर्षका अवधिमा लक्ष्मी सनराइज बैंकको निक्षेप ११.५९ प्रतिशतले बढेर ३ खर्ब ६७ अर्ब ५ करोड पुगेको छ भने कुमारी बैंकको निक्षेप ९.४६ प्रतिशतले वृद्धि भई ३ खर्ब ६४ अर्ब ६३ करोड ९१ लाख पुगेको छ। त्यस्तै, प्रभु बैंकको निक्षेप १२.१९ प्रतिशतले वृद्धि भई ३ खर्ब ४२ अर्ब १८ करोड पुगेको छ।
नेपाल बैंकको निक्षेप १७.२९ प्रतिशतले बढेर ३ खर्ब ३२ अर्ब २ करोड पुगेको छ। यस अवधिमा एनआईसी एशिया बैंकको निक्षेपमा भने कमी आएको छ। बैंकको निक्षेप अघिल्लो आर्थिक वर्षको तुलनामा ९.८९ प्रतिशतले घटेर ३ खर्ब १९ अर्ब ६ करोडमा सीमित भएको छ।
यता, हिमालयन बैंकको निक्षेप ३ खर्ब ९ अर्ब १५ करोड,कृषि विकास बैंकको २ खर्ब ९३ अर्ब ५७ करोड,सानिमा बैंकको २ खर्ब २३ अर्ब ९५ करोड, सिटिजन्स बैंकको २ खर्ब ११ अर्ब ५० करोड,एभरेष्ट बैंकको २ खर्ब ९८ अर्ब ८१ करोड,एनएमबि बैंकको २ खर्ब ८० अर्ब ९२ करोड, सिद्धार्थ बैंकको २ खर्ब ८० अर्ब ३२ करोड,नेपाल एसबिआई बैंकको १ खर्ब ९९ अर्ब ६० करोड कायम भएको छ ।
त्यस्तै बाकी रहेका प्राइम बैंकको २ खर्ब ६३ अर्ब ३६ करोड, माछापुच्छ्रे बैंकको १ खर्ब ८४ अर्ब १७ करोड हुँदा स्टान्र्डड चार्टड बैंकको १ खर्ब २५ अर्ब ३३ करोड रुपैयाँ निक्षेप थपिएको हो ।































