National life

वर्ष दिनमा वाणिज्य बैंकहरुको खुद ब्याज आम्दानी १ खर्ब ९० अर्ब बढी, ग्लोबल आइएमई शीर्षस्थानमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ भदौ २०८२, आइतबार
548Shares
वर्ष दिनमा वाणिज्य बैंकहरुको खुद ब्याज आम्दानी १ खर्ब ९० अर्ब बढी, ग्लोबल आइएमई शीर्षस्थानमा
ncell

काठमाडौँ। एक वर्षको अवधिमा हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले झन्डै २ खर्ब रुपैयाँ बराबर ब्याज संकलन गरेका छन्। बैंकहरुले प्रकाशन गरेको गत आर्थिक वर्ष २०१–२ को चौथो त्रैमासिक वित्तीय प्रतिवेदन अनुसार यस्तो देखिएको हो ।

प्रस्तुत वित्तीय प्रतिवेदन अनुसार गत वर्ष बैंकहरुको खुद ब्याज आम्दानी १ खर्ब ९० अर्ब ६३ करोड ५१ लाख रुपैयाँ कायम भएको छ। तथापि , यो अघिल्लो आवको तुलनामा भने १.०८ प्रतिशतले कमी हो।

Royal Enfield
nic asia capital
अघिल्लो वर्षमा पनि बैंकहरुले १ खर्ब ९२ अर्ब ७२ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए ।

प्रस्तुत तालिका अनुसार गत वर्ष सर्वाधिक ब्याज आम्दानी गर्ने बैंकहरुको सूचिमा ग्लोबल आइएमईले अग्र भागमा रहेको छ । बैंकले यस अवधिमा १६ अर्ब ७१ करोड २२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको तथ्यांकमा उल्लेख छ। बैंकले आम्दानी गरेको यो व्याज अघिल्लो आवको तुलनामा भने ०.८५ प्रतिशतले कमी हो ।

त्यस्तै, यस अवधिमा नबिल बैंकले १६ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी सहित दोस्रो स्थानमा रहेको छ । बैंकले अघिल्लो वर्ष १६ अर्ब ३१ करोड ७३ लाख रुपैयाँ व्याज आम्दानी गरेको थियो । साथै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत वर्ष १४ अर्ब १२ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने कुमारी बैंकले आफ्नो आम्दानीमा ६.९५ प्रतिशत बढाएर ११ अर्ब ५५ करोड ४३ लाख रुपैयाँ पुर्‍याएको छ।

प्रस्तुत प्रतिवेदन अनुसार खुद ब्याज आम्दानी बढाउने बैंकहरुको पहिलो सूचीमा एभरेष्ट बैंक रहेको छ । बैंकले व्याज आम्दानी १९.३६ प्रतिशत बढाएर ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ पुर्‍याएको छ । दोस्रो सूचीमा रहेको नेपाल बैंकले समेत १६.८२ प्रतिशत बढाएको छ । भने यस अवधिमा प्रभु, स्ट्याण्डर्ड चार्टर्ड, कृषि विकास लगायतका ८ वटा बैंकको व्याज आम्दानी घटेको छ ।

                                             तालिकामा हेर्नुहोस्

यो समाचार शेयर गर्नुहोस्
548SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?