National life

वर्ष दिनमा ९८४ खर्बको डिजिटल भुक्तानी : एक महिनामै १२६ खर्बको कारोबार, कुन महिना कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ भदौ २०८२, सोमबार
474Shares
वर्ष दिनमा ९८४ खर्बको डिजिटल भुक्तानी : एक महिनामै १२६ खर्बको कारोबार, कुन महिना कति ?
ncell

काठमाडौँ। गत आर्थिक वर्ष २०८१/८२ मा नेपालमा आन्तरिक रूपमा ९८४ खर्ब २८ अर्ब ७६ करोड ७० लाख रुपियाँ बराबरको डिजिटल भुक्तानी भएको छ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त डिजिटल भुक्तानी सम्बन्धी तथ्यांकको अनुसार अघिल्लो आवमा ६३१ खर्ब ७१ अर्ब १८ करोड रुपियाँको डिजिटल भुक्तानी भएको थियो । तथापि यसमा भारतीयले नेपालमा आएर गरेको क्युआर पेमेन्टको तथ्यांक भने समावेश नभएको राष्ट्रबैंकले जनाएको छ ।

गत आवमा आरटीजीएस मार्फत सबै भन्दा धेरै भुक्तानी भएको देखिन्छ।

Royal Enfield
nic asia capital
तथ्यांक अनुसार आरटीजीएस मार्फत ७४९ खर्ब एक अर्ब ७५ करोड रुपियाँ भुक्तानी भएको छ । यसैगरी इलेकट्रोनिक्स चेक क्लिरेन्स (इसिसी) दोस्रो स्थानमा रहेको छ ।
त्यसबाट ६२ खर्ब ८९ अर्ब ३५ करोड रुपियाँ भुक्तानी भएको छ।

त्यस्तै, तेस्रो स्थानमा रहेको फास्टर पेमेन्ट सिस्टमबाट ५२ खर्ब ४१ अर्ब ७० करोड रुपियाँ भुक्तानी भएको राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, यस अवधिमा मोवाइल बैकिङबाट ५० खर्ब १८ अर्ब ३३ करोड रुपियाँ, आईपीएसबाट २९ खर्ब ११ अर्ब २३ करोड रुपियाँ, डेविट कार्डबाट ११ खर्ब ३७ अर्ब ६७ करोड, एटीएम बुथबाट १० खर्ब ८८ अर्ब ७० करोड रुपियाँ र क्यूआरबाट नौ खर्ब ५८ अर्ब ३८ करोड रुपियाँ भुक्तानी भएको छ।

राष्ट्रबैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सोही अवधिमा वालेटबाट पाँच खर्ब ६ अर्ब ३१ करोड रुपियाँ, इन्टरनेट बैंकिङबाट दुई खर्ब ३३ अर्ब ८० करोड रुपियाँ, पीओएस मेसिनबाट ७१ अर्ब ९६ करोड रुपियाँ, क्रेडिट कार्डबाट २४ अर्ब एक करोड रुपियाँ, ब्रान्चलेस बैंकिङबाट १९ अर्ब ४३ करोड रुपियाँ, इकर्मशबाट १३ अर्ब ५३ करोड रुपियाँ र प्रिपेड कार्डबाट १२ अर्ब ५५ करोड रुपियाँ बराबरको कारोबार भएको उल्लेख छ ।

केन्द्रीय बैंकका अनुसार गत आवको साउनमा १२६ खर्ब २८ अर्ब ९१  करोड रुपैयाँ बराबरको डिजिटल भुक्तानी भएको छ। यो मासिक रूपमा भएको कारोबारका आधारमा हालसम्मकै भुक्तानी हो । त्यस्तै अर्को महिना भदौमा ८१ खर्ब ६५ अर्ब ४४ करोड रुपैयाँ , तेस्रो महिना असोजमा ६६ खर्ब आठ अर्ब ३५ करोड रुपैयाँ , कात्तिकमा ९४ खर्ब ८६ अर्ब ३० करोड रुपियाँ, मंसिरमा ७० खर्ब ५६ अर्ब ९६ करोड रुपियाँ र पुसमा ७१ खर्ब ९८ अर्ब ९७ करोड रुपियाँ बराबरको डिजिटल भुक्तानी भएको थियो।

  तालिकामा हेर्नुहोस्

यो समाचार शेयर गर्नुहोस्
474SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?