National life

वाणिज्य बैंकको कमिशन आम्दानी ११.९२ % ले बढ्यो, कुन बैंकको कति ? (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१८ पुस २०८२, शुक्रबार
775Shares
वाणिज्य बैंकको कमिशन आम्दानी ११.९२ % ले बढ्यो, कुन बैंकको कति ? (सूचिसहित)
ncell

काठमाडौं । बैंकहरूले विभिन्न वित्तीय सेवा उपलब्ध गराउँदा लिने कमिशन तथा छुट  वाणिज्य बैंकहरूको आम्दानीको महत्वपूर्ण स्रोत बनेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामै वाणिज्य बैंकहरूले यस शीर्षकबाट दोहोरो अंकको वृद्धि सहित उल्लेख्य आम्दानी गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरूले कात्तिक मसान्तसम्म कमिशन तथा छुट वापत कुल १३ अर्ब ५ करोड ९० लाख रुपैयाँ आम्दानी गरेका छन्। यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ११.९२ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आवको कात्तिक मसान्तसम्म बैंकहरूले यस शीर्षकबाट ११ अर्ब ६६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेका थिए।

बैंकगत विवरण हेर्दा, नबिल बैंक कमिशन आम्दानीमा अग्रस्थानमा देखिएको छ। बैंकले कात्तिक मसान्तसम्म १ अर्ब ३२ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन गत आवको तुलनामा ०.८८ प्रतिशतले वृद्धि हो। यस्तै, ग्लोबल आईएमई बैंकले १ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ, कुमारी बैंकले १ अर्ब १३ करोड १७ लाख रुपैयाँ र एनएमबी बैंकले १ अर्ब ३ करोड ५९ लाख रुपैयाँ कमिशन आम्दानी गरेका छन्।

सरकारी स्वामित्वका बैंकतर्फ हेर्दा, नेपाल बैंकको कमिशन आम्दानी भने घटेको छ। बैंकले कात्तिक मसान्तसम्म ३८ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.२४ प्रतिशतले कम हो। विपरीत रूपमा, राष्ट्रिय वाणिज्य बैंकले ९ करोड ७७ लाख रुपैयाँ आम्दानी गर्दै १३.९८ प्रतिशतको वृद्धि दर्ता गरेको छ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कमिशन आम्दानी ३.७३ प्रतिशतले बढेर ६० करोड ८ लाख रुपैयाँ पुगेको छ। जबकि स्ट्याण्डर्ड चार्टर्ड बैंकको आम्दानी २.३९ प्रतिशतले घट्दै ६० करोड ४ लाख रुपैयाँमा सीमित भएको छ।

nic asia capital
हिमालयन बैंकको कमिशन आम्दानी पनि २.७३ प्रतिशतले घटेर ३१ करोड ७७ लाख रुपैयाँ कायम भएको छ।

अन्य बैंकहरूको कमिशन आम्दानी यस प्रकार रहेको छः










































































































































बैंककात्तिक २०८२ सम्मकात्तिक २०८१ सम्मअन्तर (%)
नेपाल बैंक३८३.६२४४२.२१−१३.२४
राष्ट्रिय वाणिज्य बैंक९७.७४८५.७५१३.९८
नबिल बैंक१,३२८.५८१,३१६.९१०.८८
एनआईएमबी बैंक६००.८४५७९.२३३.७३
स्ट्याण्डर्ड चार्टर्ड बैंक६००.४६६१५.२०−२.३९
हिमालयन बैंक३१७.७३३२६.६८−२.७३
नेपाल एसबीआई बैंक४७९.९४४०१.०२१९.६७
एभरेष्ट बैंक७५४.४१६०४.३१२४.८३
एनआईसी एसिया बैंक४९७.८८५४९.६७−९.४२
माछापुच्छ्रे बैंक६१०.६९५०९.९०१९.७६
कुमारी बैंक१,१३१.७०७६०.३२४८.८४
लक्ष्मी सनराइज बैंक६०३.००६०७.३०−०.७०
सिद्धार्थ बैंक७८६.२६६४५.५९२१.७८
कृषि विकास बैंक३१५.५५२२३.७२४१.०४
ग्लोबल आईएमई बैंक१,३८४.६११,३३३.१६३.८५
सिटिजन्स बैंक४७८.६४४४३.७३७.८६
प्राइम बैंक६३३.०४५५१.६९१४.७४
एनएमबी बैंक१,०३५.९८८०७.७९२८.२४
प्रभु बैंक९०३.५७७५६.१९१९.४८
सानिमा बैंक११४.६२१०७.६८६.४४
कुल जम्मा१३,०५९११,६६८११.९२

यो समाचार शेयर गर्नुहोस्
775SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?