National life

वाणिज्य बैंकको सम्पत्ति ८० खर्ब बढी : एभरेष्ट शीर्षस्थानमा दुई बैंकको गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२६ कात्तिक २०८२, बुधबार
1.2kShares
वाणिज्य बैंकको सम्पत्ति ८० खर्ब बढी : एभरेष्ट शीर्षस्थानमा दुई बैंकको गिरावट
ncell

काठमाडौं ।  चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा देशभरका वाणिज्य बैंकहरूको कुल सम्पत्ति १२.३५ प्रतिशतले बढेर ८० खर्ब ८ अर्ब २२ करोड ४ लाख ८० हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यो रकम ७१ खर्ब २७ अर्ब ६९ करोड ३२ लाख ६७ हजार रुपैयाँ थियो।

नेपालका सबै वाणिज्य बैंकले सार्वजनिक गरेका वित्तीय विवरण अनुसार २ वटा बैंकको सम्पत्ति घटेको छ भने बाँकी सबै बैंकको सम्पत्ति वृद्धि भएको छ।

Royal Enfield
nic asia capital
सम्पत्तिको आधारमा ग्लोबल आइएमई बैंक सर्वाधिक ठूला बैंकको सूचिमा पहिलो स्थानमा रहेको छ। बैंकको सम्पत्ति १६.३२ प्रतिशतले बढेर ७ खर्ब २९ अर्ब ६२ करोड ८५ लाख ५१ हजार रुपैयाँ पुगेको छ।

गत वर्षको सोही अवधिमा उक्त बैंकको सम्पत्ति ६ खर्ब २७ अर्ब २५ करोड १६ लाख ९१ हजार रुपैयाँ थियो। दोस्रो स्थानमा नबिल बैंक रहेको छ, जसको सम्पत्ति १५.६३ प्रतिशतले वृद्धि भई ६ खर्ब ७५ अर्ब ५२ करोड ३५ लाख २९ हजार रुपैयाँ पुगेको छ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकको सम्पत्ति २१.२१ प्रतिशतले बढेर ६ खर्ब १० अर्ब ६५ करोड रुपैयाँ पुगेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सम्पत्ति ११.२९ प्रतिशतले वृद्धि भई ५ खर्ब ८५ अर्ब ७५ करोड ८५ लाख पुगेको छ। त्यसैगरी लक्ष्मी सनराइज बैंकको सम्पत्ति १०.६५ प्रतिशतले बढेर ४ खर्ब ५१ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। प्रभु बैंकको सम्पत्ति १३.४७ प्रतिशत, नेपाल बैंकको १७.१० प्रतिशत, र एनआईसी एशिया बैंकको ०.६२ प्रतिशतले वृद्धि भएको छ।

कृषि विकास बैंकको सम्पत्ति १४.४२ प्रतिशतले बढेर ३ खर्ब ७७ अर्ब ३० करोड पुगेको छ भने एभरेष्ट बैंकको सम्पत्ति सबैभन्दा उच्च दरमा  ३०.२० प्रतिशतले बढ्दै ३ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, एनएमबी बैंकको सम्पत्ति १२.५४ प्रतिशत, सिद्धार्थ बैंकको १०.१२ प्रतिशत, प्राइम बैंकको १४.६० प्रतिशत, र सानिमा बैंकको सम्पत्ति १२.७५ प्रतिशतले वृद्धि भएको छ।

साथै, नेपाल एसबिआई बैंकको सम्पत्ति १५.०५ प्रतिशत, सिटिजन्स बैंकको ९.४३ प्रतिशत, माछापुच्छ्रे बैंकको २ खर्ब २६ अर्ब ५९ करोड, र स्ट्यान्डर्ड चार्टर्ड बैंकको सम्पत्ति १३.३२ प्रतिशतले बढेर १ खर्ब ६१ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। तर सोही अवधिमा भने कुमारी बैंकको सम्पत्ति ०.४२ प्रतिशतले घटेर ४ खर्ब ४२ अर्ब ३७ करोडमा झरेको छ भने हिमालयन बैंकको सम्पत्ति २.०५ प्रतिशतले घटेर ३ खर्ब ८४ अर्ब ६७ करोडमा पुगेको छ।

                                                      तालिकामा हेर्नुहोस्
































































































































































क्रमबैंकको नाम२०८२ असोज (रु. हजार)२०८१ असोज (रु. हजार)फरक (%)
1Global IME Bank Ltd729,628,551627,251,69116.32
2Nabil Bank Ltd675,523,529584,191,45615.63
3Rastriya Banijya Bank Ltd610,650,168503,800,72521.21
4Nepal Investment Mega Bank Ltd583,758,593524,546,33711.29
5Laxmi Sunrise Bank Ltd451,720,475408,259,15210.65
6Kumari Bank Ltd442,370,137444,238,269-0.42
7Prabhu Bank Ltd419,253,359369,492,05813.47
8Nepal Bank Ltd403,340,238344,435,83917.10
9NIC Asia Bank Ltd395,715,572393,273,8980.62
10Himalayan Bank Ltd384,674,583392,745,370-2.05
11Agricultural Development Bank Ltd377,307,474329,750,21014.42
12Everest Bank Ltd376,327,699289,041,14830.20
13NMB Bank Ltd360,022,850320,095,96712.50
14Siddhartha Bank Ltd331,925,691301,429,60810.12
15Prime Commercial Bank Ltd316,629,560276,301,92114.58
16Sanima Bank Ltd266,521,035236,381,04412.75
17Nepal SBI Bank Ltd248,006,474215,567,09715.04
18Citizens Bank International Ltd246,438,586225,127,0869.45
19Machhapuchchhre Bank Ltd226,595,137199,693,42313.48
20Standard Chartered Bank Nepal Ltd161,706,155142,701,23913.33
कुलhttps://aarthikvoice8,008,220,4807,127,693,26712.35

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?