काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खराब कर्जा (एनपीएल) उच्च विन्दुमा पुगेको छ। आर्थिक गतिविधिमा ढिलाइ, ऋण असुलीमा समस्या, राजनीतिक अस्थिरता र व्यवसायी क्षेत्रमा भएको अवरोध जस्ता कारणले एनपीएल उच्च रहेको जानकारहरुको भनाई छ ।
हाल देखिएको उच्च एनपीएल बैंकिङ क्षेत्रमा चुनौतीको रुपमा खडा भएको उनीहरुको भनाई छ । गत वर्षको सोही अवधिको तुलनामा औसत खराब कर्जा बढेको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको औसत खराब कर्जा ४.६ प्रतिशत पुगेको छ, जुन गत वर्षको असोज मसान्तको ३.९१ प्रतिशतबाट १७.६६ प्रतिशत वृद्धि हो। सबैभन्दा धेरै खराब कर्जा हिमालयन बैंकमा देखिएको छ। बैंकको एनपीएल ४८.३९ प्रतिशत बढेर ७.३९ प्रतिशत विन्दुमा पुगेको छ, जुन गत वर्षको असोज मसान्तमा ४.९८ प्रतिशत थियो।
बैंकहरूको खराब कर्जा वृद्धि :
नेपाल एसबीआई बैंक: ६३.५८ प्रतिशत वृद्धि, ३.०१ प्रतिशत विन्दु
नेपाल बैंक: ५७.३० प्रतिशत वृद्धि, ५.४९ प्रतिशत विन्दु
कुमारी बैंक: ४०.७२ प्रतिशत वृद्धि, ६.९८ प्रतिशत विन्दु
सानिमा बैंक: ३२.९९ प्रतिशत वृद्धि, ३.९१ प्रतिशत विन्दु
माछापुच्छे बैंक: ३१.११ प्रतिशत वृद्धि, ४.१३ प्रतिशत विन्दु
सिटिजन्स बैंक: २६.४३ प्रतिशत वृद्धि, ६.८४ प्रतिशत विन्दु
एनएमबि बैंक: २६.१७ प्रतिशत वृद्धि, ४.५८ प्रतिशत विन्दु
प्राइम बैंक: २०.५७ प्रतिशत वृद्धि, ५.८६ प्रतिशत विन्दु
प्रभु बैंक: १७ प्रतिशत वृद्धि, ५.७८ प्रतिशत विन्दु
एनआईएमबि बैंक: १३.९१ प्रतिशत वृद्धि, ६.६३ प्रतिशत विन्दु
ग्लोबल आइएमई बैंक: ६.६३ प्रतिशत वृद्धि, ४.९८ प्रतिशत विन्दु
नबिल बैंक: १.१७ प्रतिशत वृद्धि, ४.३१ प्रतिशत विन्दु
त्यसैगरी, कृषि विकास बैंकको खराब कर्जा स्थिर रहेको छ, जसको असोजसम्म एनपीएल ४.७८ प्रतिशत कायम छ।
एनपीएल घटाउने बैंकहरू :
समीक्षा अवधिमा ६ बैंकले खराब कर्जा घटाएका छन्:
एनआइसी एशिया बैंक: १६.३४ प्रतिशत घटेर १.७४ प्रतिशत
स्ट्याण्डर्ड चार्टर्ड बैंक: १२.३० प्रतिशत घटेर १.७१ प्रतिशत
राष्ट्रिय वाणिज्य बैंक: ९.४५ प्रतिशत घटेर ३.८३ प्रतिशत
एभरेष्ट बैंक: ३.८९ प्रतिशत घटेर ०.७४ प्रतिशत
सिद्धार्थ बैंक: २.८१ प्रतिशत घटेर ३.८ प्रतिशत
लक्ष्मी सनराइज बैंक: ०.३६ प्रतिशत घटेर ५.४२ प्रतिशत
आन्दोलनपछिको ऋण असुली चुनौती र एनपीएल वृद्धिले बैंकिङ क्षेत्रमा दबाब सिर्जना गरेको छ। तर, केही बैंकहरूले सन्तुलित कर्जा नीति र प्रावधान व्यवस्थापनमार्फत खराब कर्जा घटाउन सफल भएका छन्, जुन वित्तीय स्थायित्वका लागि सकारात्मक संकेत मानिन्छ।
































