काठमाडौँ। गत आर्थिक वर्ष २०८१/८२ वाणिज्य बैंकहरुले ४८ खर्ब ५५ अर्ब रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले असार मसान्तसम्म कुल ४८ खर्ब ५५ अर्ब ३८ करोड २४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका हुन्।
यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा ८.०९ प्रतिशतले बढी हो।
केन्द्रीय बैंकको तथ्यांक अनुसार यस अवधिमा सबैभन्दा बढी कर्जा प्रवाह गर्ने बैंकमा ग्लोबल आइएमई बैंक रहेको छ। बैंकले गत आवको असार मसान्तसम्म ४ खर्ब २७ अर्ब ५८ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ११.५९ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ८३ करोड १८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
त्यस्तै, वृद्धिका आधारमा आक्रामक देखिएको एभरेष्ट बैंकले अघिल्लो आर्थिक वर्षको भन्दा २०.१९ प्रतिशतले कर्जा बढाएर २ खर्ब २३ अर्ब ३९ करोड ५४ लाख बढीको कर्जा प्रवाह गरेको छ। यो बैंकको यस्तो कर्जा प्रवाह अघिल्लो आवमा १ खर्ब ८५ अर्ब ८६ करोड ८० लाख रुपैयाँ रहेको थियो ।
कर्जा प्रवाह गर्ने बैंकमा दोस्रो स्थानमा नबिल बैंक रहेको छ। बैंकले ४ खर्ब २६ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा १०.७० प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा बैंकले ३ खर्ब ८५ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
त्यस्ते, तेस्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । बैंकले समीक्षा अवधिमा ३ खर्ब ४२ अर्ब २८ करोड ७९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो आवको तुलनामा ७.७३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ खर्ब १७ अर्ब ७२ करोड ७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
साथै, यस अवधिमा राष्टिय वाणिज्य बैंकले ३ अर्ब ४ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो आवको तुलनामा १८.१८ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा बैंकले २ खर्ब ५७ अर्ब ५४ करोड ६४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
लक्ष्मी सनराइज बैंकले २ खर्ब ८३ अर्ब २७ करोड ४१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो आवको तुलनामा १०।९१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले २ खर्ब ५५ अर्ब ४० करोड ४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
साथै, कुमारी बैंकले २ खर्ब ७५ अर्ब ८ करोड ९१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो आवको तुलनामा १.४६ प्रतिशतले कम हो। अघिल्लो आवको सोही अवधिमा बैंकले २ खर्ब ७९ अर्ब १७ करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
त्यस्तै, हिमालयन बैंकले २ खर्ब ४३ अर्ब २६ करोड ४१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो आवको तुलनामा १.२२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले २ खर्ब ४० अर्ब ३३ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
एनएमबी बैंकले २ खर्ब ३९ अर्ब ६३ करोड ३५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो आवको तुलनामा १८.३८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले २ खर्ब २ अर्ब ४३ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
प्रभु बैंकले २ खर्ब ३८ अर्ब १९ करोड ९९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो आवको तुलनामा ३.७० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले २ खर्ब २९ अर्ब ७० करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
एनआईसी एसिया बैंकले २ खर्ब ३४ अर्ब २ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो आवको तुलनामा १७.०७ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा बैंकले २ खर्ब ८२ अर्ब २० करोड ३५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
नेपाल बैंकले २ खर्ब २८ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो आवको तुलनामा १३.४९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले २ खर्ब १ अर्ब ६८ करोड १२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
एभरेष्ट बैंकले २ खर्ब २३ अर्ब ३९ करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो अघिल्लो आवको तुलनामा २०.१९ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा बैंकले १ खर्ब ८५ अर्ब ८६ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
सिद्धार्थ बैंकले २ खर्ब २२ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो आवको तुलनामा १०.६३ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा बैंकले २ खर्ब १ अर्ब २४ करोड १२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
प्राइम कमर्सियल बैंकले २ खर्ब १९ अर्ब ३५ करोड २ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो आवको तुलनामा १५।४७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १ खर्ब ८९ अर्ब ९६ करोड ७९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
कृषि विकास बैंकले २ खर्ब १६ अर्ब ४ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो आवको तुलनामा ४.४६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले २ खर्ब ६ अर्ब ८१ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
सानिमा बैंकले १ खर्ब ८३ अर्ब ४५ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो आवको तुलनामा ११.२२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १ खर्ब ६४ अर्ब ९४ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
सिटिजन्स बैंकले १ खर्ब ७० अर्ब २१ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो आवको तुलनामा ९.७० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १ खर्ब ५५ अर्ब १६ करोड ४७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
माछापुच्छ्रे बैंकले १ खर्ब ४७ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो आवको तुलनामा ११.८२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १ खर्ब ३१ अर्ब ८५ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
नेपाल एसबीआई बैंकले १ खर्ब ४१ अर्ब ५७ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो आवको तुलनामा ७.०६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १ खर्ब ३२ अर्ब २४ करोड ४९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
स्ट्याण्डर्ड चाटर्ड बैंकले ८७ अर्ब ६६ करोड ३४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो आवको तुलनामा १।०९ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ८८ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको बैंकको तथ्यांकमा उल्लेख छ ।































