National life

वाणिज्य बैंकहरुलाई सुन आयात गर्ने कोटा बढ्यो, विप्रेषणको सीमामा पनि परिवर्तन

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२४ असोज २०८२, शुक्रबार
1.1kShares
वाणिज्य बैंकहरुलाई सुन आयात गर्ने कोटा बढ्यो, विप्रेषणको सीमामा पनि परिवर्तन
ncell

काठमाडौं । राष्ट्र बैंकले सुन आयातको कोटा बढाएको छ । राष्ट्र बैंकले दैनिक सुन आयात गर्ने कोटा ५ किलोले बृद्धि गरेको हो ।

यसअघि दैनिक २० किलो सुन आयातको अनुमति पाएको वाणिज्य बैंकहरुले अब २५ किलो सुन आयात गर्न पाउनेछन् । विश्व बजारमा सुनको मूल्य र माग बढ्दै जादा राष्ट्र बैंकले पनि कोटा बढाएको हो ।

Royal Enfield
nic asia capital

त्यसैगरी, विदेशबाट आउने विप्रेषण (रेमिट्यान्स) सम्बन्धी व्यवस्थामा पनि परिवर्तन गरिएको छ। अब नेपाली वा विदेशी नागरिक तथा नेपालमा दर्ता भएका फर्मरकम्पनीरसंस्थारशाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायतका विभिन्न प्रयोजनका लागि विदेशबाट प्राप्त हुने र फिर्ता गर्नु नपर्ने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीमार्फत सम्बन्धित बेनेफिसियरीको खातामा जम्मा गर्दा दैनिक २५ लाख रुपैयाँसम्म (एकपटक वा पटकपटक) भुक्तानी गर्न सकिनेछ।

पहिले यो सीमा २० लाख रुपैयाँ रहेको थियो। यसरी रकम सङ्कलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानका कागजातहरू लिनुपर्नेछ।

नेपाल भित्रिएको विप्रेषणको विवरण अनुसूची २४.४ को ढाँचामा मासिक रूपमा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र विभाग, सम्बन्धित सुपरिवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा पेस गर्नुपर्नेछ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?