काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा वाणिज्य बैंकहरुले प्रोभिजन कर्मचारी बोनसको लागि २ अर्ब रुपैयाँ बढी छुटाएका छन् । चालु आर्थिक बर्षको २ महिनाको अवधिमा २० वाणिज्य बैंकहरुले कुल २ अर्ब ४६ करोड ७० लाख रूपैयाँ कर्मचारी बोनस वापत् छुटाएका हुन् ।
साउन र भदौ यस दुई महिनामा सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकले बोनस छुट्टाएको छ । बैंकले आफ्ना कर्मचारीहरुका लागि २५ करोड ८४ लाख रूपैयाँ छुटाएको छ ।
यसगरी,चालु आवको दुई महिनामा एभरेष्ट बैंकले १४ करोड ४० लाख,स्ट्यान्डर्ड चाटर्ड बैंकले ८ करोड ४४ लाख, नेपाल बैंकले ६ करोड ६ लाख रूपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ६ करोड ६६ लाख रूपैयाँ, हिमालयन बैंकले ६ करोड ३५ लाख, नेपाल एसबीआई बैंकले ५ करोड ६२ लाख रूपैयाँ कर्मचारी बोनस छुटाएको छ ।
यस्तै ,यस अवधिमा एनआईसी एसिया बैंकले ७ करोड ८६ लाख, माछापुच्छ्रे बैंकले ७ करोड ६५ लाख, कुमारी बैंकले १९ करोड १६ लाख, लक्ष्मी सनराइज बैंकले १५ करोड ४६ लाख, सिद्धार्थ बैंकले १३ करोड ७६ लाख रूपैयाँ बोनस छुटाएका छन् ।
त्यस्तै, एनएमबी बैंकले १६ करोड ३६ लाख, प्रभु बैंकले १० करोड १२ लाख र सानिमा बैंकले ११ करोड ४५ लाख ,कृषि विकास बैंकले ४ करोड २९ लाख, सिटिजन्स बैंकले ८ करोड ९६ लाख, प्राइम कमर्सियल बैंकले १६ करोड ६२ लाख रूपैयाँ कर्मचारी बोनस वापत् छुट्टाएका छन् ।
































