काठमाडौँ। गत आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरुले कर्मचारी खर्च बापत ६० अर्ब रुपैयाँ भन्दा बढी रकम खर्चिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेको २० वटा वाणिज्य बैंकहरुले असार मसान्तसम्म कर्मचारी खर्च बापत कुल ६० अर्ब ३ करोड ५ लाख रुपैयाँ छुटाएका हुन्।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा यो ७.३९ प्रतिशतले बढी हो ।
यस शीर्षकमा सबैभन्दा बढी रकम छुटाउने बैंकमा लक्ष्मी सनराइज रहेको छ । बैंकले गत आवको असार मसान्तसम्म कर्मचारी खर्च बापत ४ अर्ब ८० करोड ४७ लाख रुपैयाँ छुटाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा २७.१० प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ७८ करोड २ लाख रुपैयाँ छुटाएको थियो।
त्यस्तै, दोस्रोमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकले गत आवमा कर्मचारी खर्च बापत ४ अर्ब ५० करोड २७ लाख रुपैयाँ छुटाएको छ। यो अघिल्लो आवको तुलनामा २.०३ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा बैंकले कर्मचारी खर्च बापत ४ अर्ब ४१ करोड ३२ लाख रुपैयाँ छुटाएको थियो।
तेस्रो स्थानमा रहेको कृषि विकास बैंकले कर्मचारी खर्च बापत ४ अर्ब २६ करोड ८८ लाख रुपैयाँ छुटाएको छ। यो अघिल्लो आवको तुलनामा २१.७६ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ५० करोड ५९ लाख रुपैयाँ छुटाएको थियो। वर्ष दिनको अवधिमा नबिल बैंकले कर्मचारी खर्च बापत ४ अर्ब ७ करोड ८६ लाख रुपैयाँ छुटाएको छ। यो अघिल्लो आवको तुलनामा १०.९४ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ छुटाएको थियो ।
सोही अवधिमा प्रभु बैंकले कर्मचारी खर्च बापत ३ अर्ब ९२ करोड ७ लाख रुपैयाँ छुटाएको छ । यो अघिल्लो आवको तुलनामा १.६३ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ छुटाएको थियो । ग्लोबल आईएमई बैंकले कर्मचारी खर्च बापत ३ अर्ब ८८ करोड ६३ लाख रुपैयाँ छुटाएको छ । यो अघिल्लो आवको तुलनामा २.९७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ७७ करोड ४१ लाख रुपैयाँ छुटाएको थियो।
साथै, कुमारी बैंकले कर्मचारी खर्च बापत ३ अर्ब ८६ करोड ६ लाख रुपैयाँ छुटाएको छ । यो अघिल्लो आवको तुलनामा २.७३ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ९६ करोड ९० लाख रुपैयाँ छुटाएको थियो।त्यस्तै, नेपाल बैंकले कर्मचारी खर्च बापत ३ अर्ब ६७ करोड ८ लाख रुपैयाँ छुटाएको छ । यो अघिल्लो आवको तुलनामा २.२९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ५८ करोड ८६ लाख रुपैयाँ छुटाएको थियो।
एनआईसी एसिया बैंकले कर्मचारी खर्च बापत ३ अर्ब ५२ करोड ८१ लाख रुपैयाँ छुटाएको छ । यो अघिल्लो आवको तुलनामा ९.७२ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ९० करोड ८० लाख रुपैयाँ छुटाएको थियो।एक वर्षको अवधिमा हिमालयन बैंकले कर्मचारी खर्च बापत ३ अर्ब ४० करोड ८७ लाख रुपैयाँ छुटाएको छ। यो अघिल्लो आवको तुलनामा २४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ छुटाएको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कर्मचारी खर्च बापत ३ अर्ब १७ करोड ३३ लाख रुपैयाँ छुटाएको छ । यो अघिल्लो आवको तुलनामा ६.०५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ९९ करोड २४ लाख रुपैयाँ छुटाएको थियो। सिद्धार्थ बैंकले कर्मचारी खर्च बापत २ अर्ब ६८ करोड ६५ लाख रुपैयाँ छुटाएको छ । यो अघिल्लो आवको तुलनामा ९.६२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ४५ करोड ६ लाख रुपैयाँ छुटाएको थियो ।
एनएमबी बैंकले कर्मचारी खर्च बापत २ अर्ब ५७ करोड ९६ लाख रुपैयाँ छुटाएको छ । यो अघिल्लो आवको तुलनामा १२.२३ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब २९ करोड ८५ लाख रुपैयाँ छुटाएको थियो ।माछापुच्छ्रे बैंकले कर्मचारी खर्च बापत २ अर्ब १६ करोड ३३ लाख रुपैयाँ छुटाएको छ । यो अघिल्लो आवको तुलनामा १३.७७ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ९० करोड १५ लाख रुपैयाँ छुटाएको थियो ।
एभरेष्ट बैंकले कर्मचारी खर्च बापत १ अर्ब ७५ करोड ५२ लाख रुपैयाँ छुटाएको छ । यो अघिल्लो आवको तुलनामा ५.५२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ६६ करोड ३४ लाख रुपैयाँ छुटाएको थियो। प्राइम कमर्सियल बैंकले कर्मचारी खर्च बापत १ अर्ब ७० करोड १५ लाख रुपैयाँ छुटाएको छ । यो अघिल्लो आवको तुलनामा १३.१५ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ छुटाएको थियो ।
नेपाल एसबीआई बैंकले कर्मचारी खर्च बापत १ अर्ब ६३ करोड २० लाख रुपैयाँ छुटाएको छ । यो अघिल्लो आवको तुलनामा ६.२४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ५३ करोड ६१ लाख रुपैयाँ छुटाएको थियो । सानिमा बैंकले कर्मचारी खर्च बापत १ अर्ब ५८ करोड ९१ लाख रुपैयाँ छुटाएको छ । यो अघिल्लो आवको तुलनामा ६.६९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ४८ करोड ९४ लाख रुपैयाँ छुटाएको थियो ।
स्ट्याण्डर्ड चाटर्ड बैंकले कर्मचारी खर्च बापत १ अर्ब ४ करोड ८३ लाख रुपैयाँ छुटाएको छ । यो अघिल्लो आवको तुलनामा १.२२ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ६ करोड १३ लाख रुपैयाँ छुटाएको बैंकहरुले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ ।































