काठमाडौं, देशको राजनीतिक तथा सुरक्षा परिस्थिती सामान्य नहुँदा पनि वाणिज्य बैंक तथा वित्तीय संस्थाहरू आजदेखि आंशिक रूपमा शाखामार्फत बैंकिङ सेवा प्रदान गर्ने भएका छन्। ग्राहकलाई पर्ने असुविधा कम गर्न भन्दै नेपाल बैंकर्स एशोसिएसनको निर्णयअनुसार आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बैंकिङ कारोबार सञ्चालन हुने भएको हो।
एशोसिएसनले सम्भव भएसम्म डिजिटल बैंकिङ सेवा प्रयोग गर्न ग्राहकलाई आग्रह गरेको छ। त्यस्तै, उपत्यका बाहिरका शाखाहरू भने स्थानीय सुरक्षा निकायसँगको समन्वयमा मात्र सञ्चालन गरिने बैंकहरूले जनाएका छन्। यसरी बैंकिङ सेवा आंशिक रूपमा खुलेसँगै लामो समयदेखि रोकिएका सामान्य वित्तीय कारोबार सहज हुने अपेक्षा गरिएको छ।
































