काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा वाणिज्य बैंकहरूले कार्यालय सञ्चालन खर्चमा कुल ८ अर्ब ८२ करोड ४ लाख रुपैयाँ छुटाएका छन्। यो रकम गत आवको सोही अवधिको तुलनामा १.०३ प्रतिशतले कम हो।
गत आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकहरूले कार्यालय सञ्चालन खर्चमा ८ अर्ब ९१ करोड ६ लाख रुपैयाँ खर्च गरेका थिए।
नेपाल बैंकले असोज महिनामा ३६ करोड ३ लाख रुपैयाँ कार्यालय सञ्चालन खर्चमा खर्च गरेको छ, जुन गत आवको तुलनामा १२.५६ प्रतिशतले बढी हो। राष्ट्र बैंकको तुलनामा, राष्ट्रिय वाणिज्य बैंकले कार्यालय सञ्चालन खर्चमा ४५ करोड ३२ लाख रुपैयाँ छुटाएको छ, जुन गत आवको तुलनामा ८.८२ प्रतिशत कम हो।
नबिल बैंकले भने यस अवधिमा ५६ करोड ८४ लाख रुपैयाँ खर्च गरेको छ, जुन गत आवको तुलनामा १.४१ प्रतिशतले घटेको देखिन्छ। अन्य प्रमुख बैंकहरूले पनि कार्यालय सञ्चालन खर्चमा उल्लेखनीय रकम खर्च गरेका छन्।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६० करोड, स्ट्याण्डर्ड चाटर्ड बैंकले १६ करोड ४८ लाख, हिमालयन बैंकले ५१ करोड ३० लाख, नेपाल एसबीआई बैंकले २६ करोड ७० लाख, एभरेष्ट बैंकले ४० करोड १२ लाख र एनआईसी एसिया बैंकले ५९ करोड ७७ लाख रुपैयाँ छुटाएका छन्।

माछापुच्छ्रे बैंकले २८ करोड ९५ लाख, कुमारी बैंकले ४४ करोड ९६ लाख, लक्ष्मी सनराइज बैंकले ६१ करोड २५ लाख, सिद्वार्थ बैंकले ५२ करोड ८७ लाख, कृषि विकास बैंकले ३३ करोड ४३ लाख, ग्लोबल आईएमई बैंकले ८१ करोड ५३ लाख, र सिटिजन्स बैंकले ३३ करोड १३ लाख रुपैयाँ कार्यालय सञ्चालन खर्चमा खर्च गरेका छन्।
त्यस्तै, प्राइम बैंकले २५ करोड ७५ लाख, एनएमबी बैंकले ४१ करोड ५५ लाख, प्रभु बैंकले ५३ करोड, र सानिमा बैंकले ३३ करोड ३४ लाख रुपैयाँ छुटाएको छ।
वाणिज्य बैंकहरूको कार्यालय सञ्चालन खर्चमा वृद्धि वा कटौतीलाई आर्थिक व्यवस्थापन र कर्मचारी सञ्चालनसँग जोडेर विश्लेषण गर्नुपर्ने जानकारहरूको धारणा छ । यसबाट बैंकहरूले आफ्नो सञ्चालन खर्चलाई नियन्त्रित राख्दै दक्षता सुधार गर्ने प्रयास गरिरहेको तथ्यांकले संकेत गरेको छ ।

































