National life

वाणिज्य बैंकहरूको नयाँ दर : अधिकांशले घटाए मुद्दती निक्षेपको ब्याज, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|३१ असोज २०८२, शुक्रबार
2.5kShares
वाणिज्य बैंकहरूको नयाँ दर : अधिकांशले घटाए मुद्दती निक्षेपको ब्याज, कुनको कति ?
ncell

काठमाण्डौ । वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। असोज महिनाको तुलनामा कात्तिकमा व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घटेको देखिन्छ।

नेपाल बैंकर्स संघका अनुसार, २० वटा वाणिज्य बैंकमध्ये १४ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ६ वटाले स्थिर राखेका छन्। असोज महिनामा व्यक्तिगत निक्षेपको औसत ब्याजदर ५.४६ प्रतिशत रहेकोमा कात्तिक महिनामा घटेर ५.२० प्रतिशत कायम भएको छ।

Royal Enfield
nic asia capital

बैंक–बैंक अनुसार ब्याजदरको अवस्था:

एनआईसी एशिया बैंक: व्यक्तिगतमा ५.७५% र संस्थागतमा ४.५% (पहिले ६% र ५%)

नेपाल बैंक लिमिटेड: स्थिर — व्यक्तिगत ५.२५%, संस्थागत ३.२५%

प्रभु बैंक: व्यक्तिगत ४.९५%, संस्थागत २.७५% (पहिले ५.३५% र ३.२५%)

एभरेष्ट बैंक: व्यक्तिगत ५%, संस्थागत ४% (पहिले ५.२५% र ४.२५%)

सिटिजन्स इन्टरनेशनल बैंक: व्यक्तिगत ५%, संस्थागत ३% (पहिले ५.२५% र ३%)

राष्ट्रिय वाणिज्य बैंक: स्थिर — व्यक्तिगत ५.५%, संस्थागत ४%

सानिमा बैंक: व्यक्तिगत ५.१४%, संस्थागत ३.४% (पहिले ५.२५% र ३.५%)

प्राइम कमर्सियल बैंक: व्यक्तिगत ५%, संस्थागत २.७५% (पहिले ५.५%)

नेपाल एसबीआई बैंक: व्यक्तिगत ५%, संस्थागत ४% (पहिले ५.१८% र ४.१८%)

ग्लोबल आइएमई बैंक: स्थिर — व्यक्तिगत ६%, संस्थागत ४.२५%

सिद्धार्थ बैंक: स्थिर — व्यक्तिगत ५.५%, संस्थागत ४%

एनएमबी बैंक: व्यक्तिगत ५%, संस्थागत ४% (पहिले ६% र ५%)

हिमालयन बैंक: व्यक्तिगत ६%, संस्थागत ४.५% (पहिले ६% र ५%)

कृषि विकास बैंक: व्यक्तिगत ४.९५%, संस्थागत २.७५% (पहिले ५.०५% र ३%)

माछापुच्छ्रे बैंक: व्यक्तिगत ५%, संस्थागत ३% (पहिले ६% र ४%)

कुमारी बैंक: स्थिर — व्यक्तिगत ५.०१%, संस्थागत ४.०१%

स्ट्याण्डर्ड चाटर्ड बैंक: व्यक्तिगत ५%, संस्थागत २.७५% (पहिले ५.१८%)

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक: व्यक्तिगत ५%, संस्थागत ४.२५% (पहिले ५.२५%)

लक्ष्मी सनराइज बैंक: व्यक्तिगत ५%, संस्थागत ४% (पहिले ५.२५%)

नबिल बैंक: व्यक्तिगत ४.९५%, संस्थागत ३.९२% (पहिले ५.५% र ४.०५%)

यो समाचार शेयर गर्नुहोस्
2.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?