National life

वाणिज्य बैंकहरूको ब्याज खर्च ७० अर्बमा झर्‍यो, बैंकहरूको ब्याज खर्चमा व्यापक कमी

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०९ मंसिर २०८२, मङ्गलबार
752Shares
वाणिज्य बैंकहरूको ब्याज खर्च ७० अर्बमा झर्‍यो, बैंकहरूको ब्याज खर्चमा व्यापक कमी
ncell

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्म वाणिज्य बैंकहरूको ब्याज खर्च ७० अर्ब १९ करोड ७ लाख रूपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.२४ प्रतिशतले कम हो। गत वर्ष यस अवधिमा ब्याज खर्च ८५ अर्ब ८५ करोड ८ लाख रूपैयाँ थियो।

यस वर्ष कर्जाको माग कमजोर रहँदा तथा निक्षेप थुप्रिन थालेपछि बैंकहरूले ब्याजदर घटाएका कारण खर्च घटेको हो।व्यक्तिगत बैंकहरूको विवरण हेर्दा नेपाल बैंकको ब्याज खर्च १७.६२ प्रतिशत घटेर ३ अर्ब १ करोड ३८ लाख रूपैयाँमा सीमित भएको छ भने राष्ट्रिय वाणिज्य बैंकको खर्च ९.९५ प्रतिशतले घटेर ४ अर्ब १८ करोड ९३ लाख रूपैयाँ पुगेको छ।

Royal Enfield
nic asia capital

नबिल बैंकले ११.६७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १४.३५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १२.०१ प्रतिशत, हिमालयन बैंकले २७.५४ प्रतिशत र नेपाल एसबीआई बैंकले १३.६६ प्रतिशत ब्याज खर्च घटाएका छन्। यस्तै एभरेष्ट बैंकको ब्याज खर्च १०.४० प्रतिशत, एनआईसी एशिया बैंकको ३१.८२ प्रतिशत, माछापुच्छ्रे बैंकको १६.२३ प्रतिशत, कुमारी बैंकको २४.२३ प्रतिशत, लक्ष्मी सनराइज बैंकको २०.८९ प्रतिशत र सिद्धार्थ बैंकको १६.०१ प्रतिशतले घटेको छ।

साथै, कृषि विकास बैंकले १९.०४ प्रतिशत, ग्लोबल आइएमई बैंकले १७.९३ प्रतिशत, सिटिजन्स बैंकले २१.८१ प्रतिशत, प्राइम बैंकले ११.२४ प्रतिशत, एनएमबी बैंकले २०.५८ प्रतिशत, प्रभु बैंकले १९.०७ प्रतिशत र सानिमा बैंकले १५.६८ प्रतिशत ब्याज खर्च घटाएको उद्योग तथ्यांकले देखाउँछ।

ब्याज खर्च घट्नुका मुख्य कारणहरूमा पछिल्ला दुई वर्षदेखि निजी क्षेत्रको कर्जामाग कमजोर रहनु, बजारमा पर्याप्त निक्षेप उपलब्ध हुनु र बैंकहरूले निक्षेप ब्याजदर क्रमशः घटाउनु प्रमुख मानिएको छ। कर्जाको माग नबढेको अवस्थाले बैंकहरूलाई बचत तथा मुद्दती निक्षेपका ब्याजदर तल झार्न प्रेरित गरेको र यसले वाणिज्य बैंकहरूको कुल ब्याज खर्चमा स्पष्ट कमी ल्याएको बैंकहरू बताउँछन्। निक्षेपकर्ताहरू पनि मुद्दती निक्षेपभन्दा कम प्रतिफल भएका बचत खाताबाट रकम सार्दै गएपछि बैंकहरूको ब्याजदर तथा ब्याज खर्च दुवै कम भएको देखिन्छ।

यो समाचार शेयर गर्नुहोस्
752SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?